back
CTIZAN AD

यी हुन् आगामी विश्वकप खेल्ने ३२ राष्ट्र, अधिकांश पुरानै, केहि नयाँ

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

771 

shares

world cup३० कात्तिक, काठमाडौँ ।  आगामी विश्वकप खेल्ने ३२ राष्ट्रको टुंगो लागेको छ । आज सम्पन्न प्ले अफ खेलमा पेरुले न्युजिल्यान्डलाई हराएसँगै विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लागेको हो । यो पटकको विश्वकपमा सर्वाधिक सफल मध्येको एक राष्ट्र ईटली तथा अघिल्ला दुईसंस्करणमा निकै राम्रो खेल खेलेको नेदरल्यान्ड्स छनोट हुन् असफल रहे । यस्तै दक्षिणी अमेरिकाको प्रमुख प्रतियोगिता कोपा अमेरिकाको विजेता चिली पनि छनोट हुन् सकेन् । यस्तै विश्वकपमा निरन्तर खेल्दै आएको अमेरिका पनि विश्वकपमा छनोट हुन सकेन् । विश्वकै कम जनसङख्या मध्येको एक राष्ट्र आईसल्यान्ड पहिलोपटक विश्वकपमा छनोट भयो । युरोपबाट १३, एसियाबाट ५, दक्षिणी अमेरिकाबाट ५ अफ्रिकाबाट ५ तथा उत्तर अमेरिकाबाट ३ राष्ट्रले आगामी विश्वकपमा प्रतिनिधित्व गर्ने छन् ।

यी हुन् छनोट हुने राष्ट्र

युरोपः रुस (आयोजक), जर्मनी, इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन
दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पानामा

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०९:०७ मा प्रकाशित