back
CTIZAN AD

हटाउन थालियो आचारसंहिता विपरीतका चुनावप्रचार सामग्री

वि.सं.२०७४ मंसिर १ शुक्रवार

795 

shares

१ मंसिर, राजविराज । सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ ।

निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो । उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्रचौकमा झुण्ड्याइएका उम्मेदवारका तस्बीरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, राजविराजका विभिन्न ठाउँमा लगाएको पोस्टर, पम्प्लेट र चुनाव चिह्न अंकित सामग्रीसमेत बरामद गरिएको प्रजिअ पाण्डेयले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले कारबाहीस्वरुप जिल्लाका सार्वजनिकस्थल, मठमन्दिर, विद्यालय, सरकारी कार्यालय तथा विद्युतीय पोलमा उम्मेदवारले लगाएका पर्चा–पोस्टरसमेत हटाइएको प्रजिअ पाण्डेयले जानकारी दिनुभयो ।

उम्मेदवार तथा दलका नेताहरुलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि कारबाहीस्वरुप पर्चा–पोस्टर बरामद गरिएको उहाँले भन्नुभयो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले सप्तरीमा उम्मेदवार र राजनीतिक दलले व्यापकरुपमा आचारसंहिता विपरीत कार्य गरेको पाएकाले कारबाही गर्न आफू पनि बाध्य भएको बताउनुभयो । सप्तरीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठ गरी १२ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०४:४४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...