back
CTIZAN AD

छोरीलाई भकारोमा पुरी हत्या गर्ने आमा पक्राउ

वि.सं.२०७४ मंसिर १३ बुधवार

759 

shares

jail-805x510

 १३ मंसिर, नुवाकोट : आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

वि.सं.२०७४ मंसिर १३ बुधवार १४:०४ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...