back
CTIZAN AD

धनगढीमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

वि.सं.२०७४ मंसिर १८ सोमवार

738 

shares

 १८ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।

प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम प्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । यस घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सो ठाउँमा अज्ञात समूहले बम राखेको हो । प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल पुग्नु भएको थियो ।

वि.सं.२०७४ मंसिर १८ सोमवार ०६:४४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...