युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सब का अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । डिसेम्बर २ मा न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा आयोजना गरिएको १० औँ वार्षिकोत्सवमा ११ व्यक्तित्वका साथै ३ संस्था सम्मानित भएका हुन् । युएसनेपालअनलाइनले प्रकाशन शुरु भएको डिसेम्बर ३ का दिन विभिन्न कार्यक्रम गरी मनाउँदै आउने क्रममा यसवर्ष १० वर्ष परेको उपलक्ष्यमा विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त अवसरमा समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’ (Guest of Honor) द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ (Youth Recognition Award) द्वारा सम्मान गरिएको छ ।
अतिथी सम्मानद्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ नाट्यकर्मी रामराज छेत्री, न्यूयोर्क शहर सबवे सिस्टमका टनेल ईन्जिनियार मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, मिस नेपाल युएसका संस्थापक अमित शाह, न्यू योर्ककि महिला ब्याबसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् भने अतिथी सम्मानद्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् । त्यसैगरी, युवा प्रतिभा पहिचान पुरस्कारबाट संयुक्त राश्ट्रसंघ युवा एसेम्बली प्रेसिडेण्ट जोली अमात्य, युवा लेखक राजन थपलिया, अमेरिकि पूर्वराश्ट्रपति बिल क्लिन्टनद्वारा प्रेसिडेन्सियल अनर रोलद्वारा सम्मानित युवा कन्चन अमात्य र डेभ्लप्मेण्ट डिले हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ ।
युएसनेपालअनलाइनकि आजिवन सदस्य शारदा छेत्रीको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य एवं अन्तरराश्टृय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय अध्यक्ष गीता खत्रीले गरेकी थिईन् भने प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका कन्सुलर कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए । सम्मानित ब्यक्तिवहरुले सम्बोधन गर्दै समाजका लागि थप योगदान पुर्याउन जिम्मेवारी बढेको उल्लेख गरेका थिए ।
समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादूर देउवा र एनआरएन आईसिसी अध्यक्ष भवन भट्टद्वारा शुभकामाना सन्देश प्राप्त भएको थियो । शुभकामना सन्देश क्रमशस् जागरण मिडिया सेन्टर नेपालका उपाध्यक्ष दीपक परियार र प्रकाश परियारले पढेर सुनाएका थिए । प्रधानमन्त्री देउवाले आफ्नो शुभकामना सन्देशमा नेपाललाई आफ्नो हृदय र प्रार्थनामा राखेकोमा आभार व्यक्त गर्दै युएसनेपालअनलाइनले अमेरिकामा नेपालीहरुलाई सूसुचित हुने अवसर प्रदान गरेकोमा प्रसंशा व्यक्त गरे ।
उता एनआरएन आईसिसी प्रेसिडेण्ट भवन भट्टले शुभकामाना सन्देश प्रेशित गर्दै युएसनेपालअनलाइनले आगामी वर्शहरुमा पनि नेपाली डायस्पोरालाई स्वतन्त्र र निश्पक्ष समाचार प्रकासन गर्ने छ भन्ने आशा लिएको उल्लेख गरे ।
उक्त वार्षिकोत्सब समारोहका अवसरमा न्यूजर्सी राज्य अमेरिकाको जर्सिसिटी शहरका मेयर स्टेभन एम फुलपद्वारा युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन (घोशणापत्र) जारी गर्दै सम्मान गरेका छन् । उक्त प्रोक्लेमेसनमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ । उक्त जर्सिसिटी प्रोक्लेमेसन र मेयर स्टेभन एम फुलपको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार डा। बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्तरुपमा प्रदान गरेकि थिईन् ।
त्यसैगरी, जर्सी सिटी काउन्सिलद्वारा रिजोलुसन (प्रस्ताव) पारित गर्दै युएसनेपालअनलाइनको १० औं वार्षिकोत्सबका अवसरमा बधाई ज्ञापन गरिएको छ । उक्त काउन्सिल रिजोलुसन र जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार डा। बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकि थिइन् ।
सो अवसरमा अमेरिकि दुई शहरहरु जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो र न्यू योर्क शहर काउन्सिलका सदस्य म्याथ्यु युजिनद्वारा सामुदायिक पत्रकारितामा योगदान पुर्याए बापद ३ नेपाली सन्चारकर्मीहरु युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापा, खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थी र सम्प्रेषण टेलिभिजन कार्यक्रमका शैलेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोद्वारा प्रदान गरिएको साईटेसन जर्सी सिटी मेयरका सल्लाहकार डा। बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकि थिईन् ।
न्यूयोर्क शहर काउन्सिल सदस्य म्याथ्यु युजिनद्वारा प्रदान गरिएको साईटेसन न्यू योर्क शहरका कम्यूनिटी बोर्ड सदस्य शाहिद खानले उक्त सम्मान प्रदान गरेका थिए ।
समारोहमा बिभिन्न अतिथि वक्ताहरुले सम्बोधन गर्दै युएसनेपालअनलाइनको सफलताको कामना गरेका थिए । शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिती एबं नेपाली वाणिज्यदूत कृसु छेत्री, प्रवासी नेपाली मन्च निवर्तमान अध्यक्ष सन्जय थापा, कारणका लागि महिलाकि (डब्ल्यूएफ्सी) अध्यक्ष गीता पोख्रेल, ११ वर्शिय बालिका श्रीनिती रिजाल, युवा नेत्री ऐश्वर्या शर्मा, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी, एकसयनेपाली डट कमका मतसर्वेक्षण प्रमुख एवं जिमिन संस्थापक अन्जान श्रेष्ठ, र तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व प्रेसिडेण्ट एवं तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टका अध्यक्ष ईन्द्रबहादुर तामाङले सम्बोधन गरेका थिए ।
समारोहमा सन् २०१७ मा आजीवन सदस्य बनेका १० जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । समारोहमा युएसनेपालअनलाइनको आजीवन सदस्य अर्जुनप्रशाद मैनालीले अनुदान स्वरुप प्रदान गरेको जनही ५र५ सय डलर नगद र उनको जीवनीकृती ुद गिफ्ट अफ लाईफु एनआरएन अमेरिका न्यू योर्क च्याप्टर र तामाङ सोसाईटी अफ अमेरिकालाई प्रदान गरिएको थियो ।
उद्घाटन सत्रको सन्चालन शैलेश श्रेष्ठले गरेका थिए भने अन्य समारोह शकुन्तला ज्ञवालीले सन्चालन गरेकी थिईन् । प्रथम वार्षिकोत्सब समारोह सन् २००८ देखि १० औंसम्म कार्यक्रम सन्चालन गरेका संचारकर्मी शैलेश श्रेष्ठले यो सालदेखि सन्चालन स्वअवकास लिएको घोशणा गरेका थिए । उनलाई युएसनेपालअनलाइनले लाईफ टाईम एचिभमेण्टबाट कदरपत्र प्रदान गर्दै बिदाई गरेको थियो भने श्रेष्ठले आफूले दश वर्शसम्म उद्घोशण गर्न र साथित्व निभाउन सफल भएकोमा गर्वानुभूति महशुस गरेको बताउँदै उप्रान्त आफूले सित्तैमा लेख नलेखी लेखकीय पारिश्रमिक लिने र त्यो लेख रचना बापद पाउने रकमले आफ्नो गाउँ भोजपूरको विध्यालयलाई ल्यापटप प्रदान गर्ने प्रण गरे ।
वार्षिकोत्सब समारोहमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । युएसनेपालअनलाइन डट कम सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन शुरु भएको हो । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर हुन् । युएसनेपालअनलाइन डट कमका अध्यक्ष पासाङ दोर्ची शेर्पा हुन् । युएसनेपालअनलाइनका ५३ हजार भन्दा बढी रजिस्टर्ड सदस्यहरु र ११२ जना अनरेरी आजिवन सदस्यहरु रहेको बताइएको छ ।
वि.सं.२०७४ मंसिर १८ सोमवार ०६:३६ मा प्रकाशित





























