back

काठमाडौं क्षेत्र नं ३ मा राई, ८ र ९ मा श्रेष्ठद्धय विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

366 

shares
IME Limited
NTC AD

leader3२३ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ३, ८ र ९ मा मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्ण राई, गोपालकृष्ण श्रेष्ठ र जीवनराम श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौं क्षेत्र नं ९ बाट गोपालकृष्ण श्रेष्ठले २२ हजार ८५२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएर पछि परेका छन् ।

नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर नेपाली कांग्रेका अम्बिका बस्नेतलाई पछि पारेका छन् । बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै काठमाडौं क्षेत्र नं ८ बाट पनि बाम गठबन्धनकै जीवनराम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले १२ हजार ९५३ मत ल्याएर पछि परेका छन् ।

१० वटा क्षेत्र नं रहेको काठमाडौंमा  अहिले सम्म ५ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा   बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ३ र नेपाली कांग्रेसबाट २ जना विजयी भएका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं २ को मतपरिणम परिन अन्तिम चरणमा पुगेको बताइएको छ । २ मा पूर्वप्रधानमन्त्री एमाले नेता माधब कुमार नेपालले १३ हजार ८८० मत ल्याएर अग्रस्थान हासिल गरिरहेका छन् भने नेपाली कांग्रेसका नेता दिपक कुँइकेलले ७ हजार २८२ मत ल्याएर फरक मतान्तरले पछ्याइरहेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०२:३१ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...