back
CTIZAN AD

काठमाडौं क्षेत्र नं ३ मा राई, ८ र ९ मा श्रेष्ठद्धय विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

837 

shares

leader3२३ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ३, ८ र ९ मा मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्ण राई, गोपालकृष्ण श्रेष्ठ र जीवनराम श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौं क्षेत्र नं ९ बाट गोपालकृष्ण श्रेष्ठले २२ हजार ८५२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएर पछि परेका छन् ।

नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर नेपाली कांग्रेका अम्बिका बस्नेतलाई पछि पारेका छन् । बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै काठमाडौं क्षेत्र नं ८ बाट पनि बाम गठबन्धनकै जीवनराम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले १२ हजार ९५३ मत ल्याएर पछि परेका छन् ।

१० वटा क्षेत्र नं रहेको काठमाडौंमा  अहिले सम्म ५ वटा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा   बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ३ र नेपाली कांग्रेसबाट २ जना विजयी भएका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं २ को मतपरिणम परिन अन्तिम चरणमा पुगेको बताइएको छ । २ मा पूर्वप्रधानमन्त्री एमाले नेता माधब कुमार नेपालले १३ हजार ८८० मत ल्याएर अग्रस्थान हासिल गरिरहेका छन् भने नेपाली कांग्रेसका नेता दिपक कुँइकेलले ७ हजार २८२ मत ल्याएर फरक मतान्तरले पछ्याइरहेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०२:३१ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...