back
CTIZAN AD

क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका थापा भारी मतअन्तरले विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

720 

shares

sasijung-thap

२३ मंसिर, भक्तपुर  : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार शशिजंग थापा भारी मतअन्तरले विजयी हुनुभएको छ ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका थापाले १९ हजार ५१५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका अंगद खड्काले १० हजार ४०० मत पछाडि परेर नौ हजार ११५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईंले दुई हजार ६५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रदेशसभा (ख) मध्यपुरमा एमालेका राजेन्द्रमान श्रेष्ठले १२ हजार २५४ मतका साथ अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका गणेशमान चक्रधरले नौ हजार ५९३ मत नेमकिपाका प्रेमजंग थापा श्रेष्ठले एक हजार ६९६ मत ल्याउनुभएको छ ।

प्रतिनिधिसभातर्फ भने क्षेत्र वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले ३० हजार ३८२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वसभामुख तथा नेपाली काँग्रेसका दमननाथ ढुंगानाले १६ हजार १९ मतले पछ्याउनुभएको छ ।

त्यसैगरि नेमकिपाका अनुराधा थापामगरले चार हजार १२७ मत ल्याएर तेस्रो दलकारुपमा पछ्याउनुभएको छ ।

यता भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पाँच हजार ९५२ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बाबुराजा जोशीले पाँच हजार ७७३ मत र वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मिलन सुवालले पाँच हजार १३५ मतले पछ्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ (क) मा मा एमालेका हरिशरण लामिछानेले चार हजार ६१८ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाली काँग्रेसका जीवन खत्री तीन हजार २३३ र नेमकिपाका नीरज लबजुले ६७३ मतका साथ पछ्याउनुभएको छ ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १६:३४ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...