back
CTIZAN AD

ललितपुर प्रदेशसभा क्षेत्र नं ३ (क) र (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

708 

shares

uml&ucpn

२३ मंसिर, ललितपुर  : प्रदेशसभा क्षेत्र नं ३ (क) र ३ (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र ३ (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जन १४ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नवराज महतले १० हजार ११८ मत पाउनुभएको छ ।

प्रदेशसभा क्षेत्र नं ३ (ख) मा ११ हजार ७०१ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार जीवन खड्का विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार शिवराम बानियाँले आठ हजार ६९१ मत ल्याउनुभएको छ ।

जिल्लामा अहिलेसम्म प्रतिनिधिसभा क्षेत्र नं २ र ३ मा बाम गठबन्धनका उम्मेदवार विजयी भइसक्नुभएको छ । प्रदेशसभा २ (क) र २ (ख) र १ (क) मा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । प्रदेशसभा १ (ख) को मतगणना अहिलेसम्म शुरु भएको छैन ।

प्रतिनिधिसभातर्फ, क्षेत्र नं १ मा नेकपा (एमाले)का नवराज सिलवालले २५ हजार ७३१ मतले अग्रता लिइरहनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले १९ हजार ८२६ मतले उहाँलाई पछ्याइरहनुभएको छ ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १६:२८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...