back

सन्धिखर्क नगरपालिका–५ ‘क’ र ‘ख’  केन्द्रमा पुनः मतदान, १२७२ मत खस्यो

वि.सं.२०७४ मंसिर २३ शनिवार

453 

shares
IME Limited
NTC AD

election-prades

२३ मंसिर, सन्धिखर्क : मंसिर २१ गते स्थगित भएको मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान सम्पन्न भएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–५ मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान भएको छ ।

बिहीबार निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गरेको भन्दै बिहीबार मतपत्र जलाउनुका साथै मतपेटिका समेत फालिएको सो मतदान स्थलमा उत्साहका साथ मतदान भयो ।

यी दुई केन्द्रमा गरी दुई हजार ४४ मतदाता रहेको ‘क’ र ‘ख’ मा गरी ६५४ र ६१८ गरी १२७२ मत खसेको मतदान केन्द्र ‘क’ का मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्र ‘क’ मा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत र ‘ख’ मा सिँचाई कार्यालय प्रमुख टंकबहादुर केसी मतदान अधिकृत रहेका थिए । बिहीबार ‘ख’ का मतदान अधिकृत (शिक्षक) सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।

मथुरामा भएको चुनावमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला पनि मतदान स्थलमा उपस्थित हुनुहुन्थ्यो ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १६:१० मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...