back

नुवाकोटमै अर्का हेवीवेट नेता अर्जुन नरसिंह केसी पनि हारे

वि.सं.२०७४ मंसिर २४ आइतवार

393 

shares
IME Limited
NTC AD

arjun-narsingh-kc२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा हेवीवेट नेताका रुपमा मानिएका अर्जुन नरसिंह केसी नुवाकोटमा २ मा एमाले जिल्ला अध्यक्ष नारायण खतिवडाबाड पराजित भएका छन् ।
उनलाई खतिवडाले झण्डै १० हजार मत बढी ल्याएर हराएका हुन् । विजयी खतिवडाले ३६ हजार ८९२ मत ल्याउँदा केसीले २६ हजार ३३५ मत ल्याएर पराजित भएका हुन् ।
अत्यन्तै चासो दिएर हेरिएको नुवाकोटको चुनावी परिणामबाट अन्तत नेपाली कांग्रेसले आफ्ना दुई हेवीवेट नेतालाई गुमाउनु परेको छ । त्यस्तै प्रदेशसभामा पनि केसीकै भाई जगदिश्वर नरसिंह केसी पराजित भएका छन् ।
क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्य बनेका केसी एमालेका उम्मेदवार केशव पाण्डेबाट पराजित भएका हुन् । पाण्डेले २० हजार ९ मत प्राप्त गरी विजयी हुँदा केसीले १२ हजार ७२९ मत प्राप्त गरेका थिए ।
त्यस्तै प्रदेश सभा ‘ख’ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हिरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जगत तामाङले १४ हजार ३ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेश नं १ को ‘क’ मा पूर्वराज्यमन्त्री तथा नेकपा माअ‍ोवादीकी नेतृ राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिश्प्रर्धी नेपाली कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरे ।
त्यस्तै ‘ख’ मा रामशरण महतका भतिजा तथा नेपाली कांग्रेसका नेता रमेश महतलाई एमालेका उम्मेदवार बद्री मैनालीले पराजित गरेका छन् । मैनालीले २० हजार ५०९ मत प्राप्त गरी विजयी हुँदा महतले १२ हजार २१७ मत प्राप्त गरेका थिए ।

नुवाकोटमा रामशरण महतलाई हराउँदै तामाङ विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार ०७:२२ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...