back
CTIZAN AD

नुवाकोटमै अर्का हेवीवेट नेता अर्जुन नरसिंह केसी पनि हारे

वि.सं.२०७४ मंसिर २४ आइतवार

669 

shares

arjun-narsingh-kc२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा हेवीवेट नेताका रुपमा मानिएका अर्जुन नरसिंह केसी नुवाकोटमा २ मा एमाले जिल्ला अध्यक्ष नारायण खतिवडाबाड पराजित भएका छन् ।
उनलाई खतिवडाले झण्डै १० हजार मत बढी ल्याएर हराएका हुन् । विजयी खतिवडाले ३६ हजार ८९२ मत ल्याउँदा केसीले २६ हजार ३३५ मत ल्याएर पराजित भएका हुन् ।
अत्यन्तै चासो दिएर हेरिएको नुवाकोटको चुनावी परिणामबाट अन्तत नेपाली कांग्रेसले आफ्ना दुई हेवीवेट नेतालाई गुमाउनु परेको छ । त्यस्तै प्रदेशसभामा पनि केसीकै भाई जगदिश्वर नरसिंह केसी पराजित भएका छन् ।
क्षेत्र नं २ को ‘क’ बाट प्रदेशसभा सदस्य बनेका केसी एमालेका उम्मेदवार केशव पाण्डेबाट पराजित भएका हुन् । पाण्डेले २० हजार ९ मत प्राप्त गरी विजयी हुँदा केसीले १२ हजार ७२९ मत प्राप्त गरेका थिए ।
त्यस्तै प्रदेश सभा ‘ख’ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हिरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जगत तामाङले १४ हजार ३ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेश नं १ को ‘क’ मा पूर्वराज्यमन्त्री तथा नेकपा माअ‍ोवादीकी नेतृ राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिश्प्रर्धी नेपाली कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरे ।
त्यस्तै ‘ख’ मा रामशरण महतका भतिजा तथा नेपाली कांग्रेसका नेता रमेश महतलाई एमालेका उम्मेदवार बद्री मैनालीले पराजित गरेका छन् । मैनालीले २० हजार ५०९ मत प्राप्त गरी विजयी हुँदा महतले १२ हजार २१७ मत प्राप्त गरेका थिए ।

नुवाकोटमा रामशरण महतलाई हराउँदै तामाङ विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार ०७:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...