back
CTIZAN AD

पर्वतबाट तीनै स्थानमा वाम उम्मेदवार विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार

726 

shares

parbat-umedbar

२४ मंसिर, फलेवास पर्वत  (रासस) : पर्वतबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न मत गणनाबाट एमालेका अध्यक्ष पदम गिरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मत अन्तरले पराजित गर्दै निर्वाचत हुनुभएको हो ।

निर्वाचित गिरीले ३९ हजार २७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ हजार ८१९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, प्रदेशसभा सदस्यमा क्षेत्र १ (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य नेत्र अधिकारीले नेपाली कांग्रेसका नवराज गुरुङलाई चार हजार ८२३ मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गर्नुभएको छ भने पराजित हुन पुगेका नेपाली काँग्रेसका गुरुङले १६ हजार ६८५ मत प्राप्त गर्नुभयो ।

यसैगरी, प्रदेशसभा क्षेत्र नं (ख) मा एमालेका प्रदेश कमिटी सदस्य विकास लम्सालले कांग्रेसका राजेन्द्र तिवारीलाई दुई हजार १६६ मत अन्तरले पराजित गर्नुभएको छ ।

लम्सालले १५ हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी तिवारीले १३ हजार ३५२ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ मंसिर २४ आइतवार १४:३० मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...