back

चितवन ३ बाट अध्यक्ष प्रचण्ड विजयी

वि.सं.२०७४ मंसिर २५ सोमवार

603 

shares

prachanda11२५ मंसिर, चितवन ।  चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन् ।
बाम गठबन्धनका तथा उम्मेदवार पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ४८ हजार २६९ मतका साथ आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेस राप्रपा (प्रजातान्त्रिक) को लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका उपाध्यक्ष तथा बनमन्त्री समेत रहेका विक्रम पाण्डेलाई पराजित गरेका छन् । पाण्डेले ३८ हजार १४२ मत ल्याएका छन् । पाण्डे झण्डै ९ हजार ३२७ मतले प्रचण्डभन्दा पछि परेका हुन् ।
राष्ट्रिय तथा अन्तराट्रिय रुपमा निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नं ३ मा अन्तत अध्यक्ष प्रचण्डले विजयीको झण्डा लहराएका छन् ।
अध्यक्ष प्रचण्ड दुईपटक नेपालको प्रधामन्त्री भइसकेका छन् । उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन् भने दोश्रोपटक २०६५ मा पुन ः प्रधानमन्त्री भएका थिए ।
२०६२–०६३ को जनआन्दोलनपछि खुला राजनीतिमा आएका प्रचण्ड झण्डै १३ वर्ष भूमिगत राजनीतिक जीवन विताएका व्यक्तित्व हुन् । अध्यक्ष प्रचण्ड २०६४ को संविधानसभाको निर्वाचनमा २ ठाउँबाट विजयी भएका थिए ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:०१ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...