back
CTIZAN AD

चितवन ३ बाट अध्यक्ष प्रचण्ड विजयी

वि.सं.२०७४ मंसिर २५ सोमवार

885 

shares

prachanda11२५ मंसिर, चितवन ।  चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतसहित विजयी भएका छन् ।
बाम गठबन्धनका तथा उम्मेदवार पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ४८ हजार २६९ मतका साथ आफ्ना प्रतिद्धन्द्धी नेपाली कांग्रेस राप्रपा (प्रजातान्त्रिक) को लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका उपाध्यक्ष तथा बनमन्त्री समेत रहेका विक्रम पाण्डेलाई पराजित गरेका छन् । पाण्डेले ३८ हजार १४२ मत ल्याएका छन् । पाण्डे झण्डै ९ हजार ३२७ मतले प्रचण्डभन्दा पछि परेका हुन् ।
राष्ट्रिय तथा अन्तराट्रिय रुपमा निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नं ३ मा अन्तत अध्यक्ष प्रचण्डले विजयीको झण्डा लहराएका छन् ।
अध्यक्ष प्रचण्ड दुईपटक नेपालको प्रधामन्त्री भइसकेका छन् । उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन् भने दोश्रोपटक २०६५ मा पुन ः प्रधानमन्त्री भएका थिए ।
२०६२–०६३ को जनआन्दोलनपछि खुला राजनीतिमा आएका प्रचण्ड झण्डै १३ वर्ष भूमिगत राजनीतिक जीवन विताएका व्यक्तित्व हुन् । अध्यक्ष प्रचण्ड २०६४ को संविधानसभाको निर्वाचनमा २ ठाउँबाट विजयी भएका थिए ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:०१ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...