back
CTIZAN AD

एमालेको सर्मथन पाउँदा समेत किन् जित्न सकेनन् काठमाडौँका माओवादी उम्मेदवारले चुनाव ?

वि.सं.२०७४ मंसिर २५ सोमवार

717 

shares

kathmandu

२४ मंसिर, काठमाडौं । माओवादी उम्मेदवारले काठमाडौँका प्रतिनिधि सभामा पाएका ३ तथा प्रदेश सभामा पाएका दुई सिटमा चुनाव जित्न सकेनन् । देशभर वाम गठबन्धनको लहर आईरहेकै बेला काठमाडौँका जनताले भने माओवादी उम्मेदवारलाई खासै मत दिएनन् ।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको समर्थन पाएर पनि काठमाडौंमा एउटै सिट जित्न सकेन ।

काठमाडौंमा माओवादीले उठाएका पाँचैजना उम्मेदवार पराजित भएपछि काठमाडौंका जनताको मन जित्न नसक्नु तथा काठमाडौँका जनतामा माओवादी देखिएको भ्रम चिर्न नसक्नु जस्ता कारणले माओवादी केन्द्रका उम्मेदवारलाई काठमाडौँका जनताले विश्वास गर्न नसक्नुका कारण पार्टीले पराजय भोग्न परेको जस्तो कुराहरुले माओदी केन्द्र वृत्तमा चर्चा पाएका छन् ।
काठमाडौंमा माओवादीले प्रतिनिधिसभाका १० मध्ये तीन सिटमा उम्मेदवार उठाएको थियो । प्रदेशसभामा माओवादीका दुई जना उम्मेवार थिए ।

प्रतिनिधिसभामा काठमाडौं १ बाट अनिल शर्मा, ६ बाट झक्कु सुवेदी र १० बाट हितमान शाक्य उम्मेदवार थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेका तीनैजना माओवादी नेता स्थानीय होइनन् । स्थानीय उम्मेदवार नभएकै कारणले पनि पराजय भोग्नुपरेको जस्ता
विषयले हार्नु परेको माओवादी नेता कार्यकर्ताले बताएका छन् । शर्मा रुकुमका हुन् भने हितमान शाक्य बाग्लुङ र झक्कु सुवेदी रोल्पाका हुन् ।

यद्यपि शाक्य र सुवेदीले ०६४ मा काठमाडौंबाटै चुनाव जितेका थिए । तर, ०७० मा माओवादीका उम्मेदवारले काठमाडौंका सबै क्षेत्रमा पराजय भोगेका थिए । स्थानीय तहको मत परिणाम अनुसार माओवादीले हारेका तीनवटै क्षेत्रमा बामपन्थी गठबन्धनको मत बढी थियो । तर, माओवादीको मत अत्यन्त न्यून रहेको ठाउँमा उसले भागबण्डामा सिट लिँदा वामपन्थी गठबन्धनलाई घाटा भएको एमालेका नेता कार्यकर्ता बताउछन् ।

प्रदेशसभातर्फ पनि माओवादीले प्रदेश नम्बर ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनलाई उम्मेवार बनाएको थियो । उनीहरु दुवै फराकिलो मतान्तरमा पराजित भए । जबकि ती दुबै क्षेत्रका अन्य प्रदेशसभामा एमालेका उम्मेवार बिजयी भए ।

काठमाडौंमा प्रतिनिधिसभाका १० सिटमध्ये एमालेले ६ र कांग्रेसले ४ सिट जित्दा माओवादी नील भयो । त्यस्तै प्रदेशसभाका २० सिटमध्ये क्षेत्र नम्बर ५ को क र ख को परिणाम आउन बाँकी छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:०६ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको विपद्बाट मुलुक चाँडै...

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी तथा आसपासका बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले...

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...