back

एमालेको सर्मथन पाउँदा समेत किन् जित्न सकेनन् काठमाडौँका माओवादी उम्मेदवारले चुनाव ?

वि.सं.२०७४ मंसिर २५ सोमवार

546 

shares

kathmandu

२४ मंसिर, काठमाडौं । माओवादी उम्मेदवारले काठमाडौँका प्रतिनिधि सभामा पाएका ३ तथा प्रदेश सभामा पाएका दुई सिटमा चुनाव जित्न सकेनन् । देशभर वाम गठबन्धनको लहर आईरहेकै बेला काठमाडौँका जनताले भने माओवादी उम्मेदवारलाई खासै मत दिएनन् ।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको समर्थन पाएर पनि काठमाडौंमा एउटै सिट जित्न सकेन ।

काठमाडौंमा माओवादीले उठाएका पाँचैजना उम्मेदवार पराजित भएपछि काठमाडौंका जनताको मन जित्न नसक्नु तथा काठमाडौँका जनतामा माओवादी देखिएको भ्रम चिर्न नसक्नु जस्ता कारणले माओवादी केन्द्रका उम्मेदवारलाई काठमाडौँका जनताले विश्वास गर्न नसक्नुका कारण पार्टीले पराजय भोग्न परेको जस्तो कुराहरुले माओदी केन्द्र वृत्तमा चर्चा पाएका छन् ।
काठमाडौंमा माओवादीले प्रतिनिधिसभाका १० मध्ये तीन सिटमा उम्मेदवार उठाएको थियो । प्रदेशसभामा माओवादीका दुई जना उम्मेवार थिए ।

प्रतिनिधिसभामा काठमाडौं १ बाट अनिल शर्मा, ६ बाट झक्कु सुवेदी र १० बाट हितमान शाक्य उम्मेदवार थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेका तीनैजना माओवादी नेता स्थानीय होइनन् । स्थानीय उम्मेदवार नभएकै कारणले पनि पराजय भोग्नुपरेको जस्ता
विषयले हार्नु परेको माओवादी नेता कार्यकर्ताले बताएका छन् । शर्मा रुकुमका हुन् भने हितमान शाक्य बाग्लुङ र झक्कु सुवेदी रोल्पाका हुन् ।

यद्यपि शाक्य र सुवेदीले ०६४ मा काठमाडौंबाटै चुनाव जितेका थिए । तर, ०७० मा माओवादीका उम्मेदवारले काठमाडौंका सबै क्षेत्रमा पराजय भोगेका थिए । स्थानीय तहको मत परिणाम अनुसार माओवादीले हारेका तीनवटै क्षेत्रमा बामपन्थी गठबन्धनको मत बढी थियो । तर, माओवादीको मत अत्यन्त न्यून रहेको ठाउँमा उसले भागबण्डामा सिट लिँदा वामपन्थी गठबन्धनलाई घाटा भएको एमालेका नेता कार्यकर्ता बताउछन् ।

प्रदेशसभातर्फ पनि माओवादीले प्रदेश नम्बर ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनलाई उम्मेवार बनाएको थियो । उनीहरु दुवै फराकिलो मतान्तरमा पराजित भए । जबकि ती दुबै क्षेत्रका अन्य प्रदेशसभामा एमालेका उम्मेवार बिजयी भए ।

काठमाडौंमा प्रतिनिधिसभाका १० सिटमध्ये एमालेले ६ र कांग्रेसले ४ सिट जित्दा माओवादी नील भयो । त्यस्तै प्रदेशसभाका २० सिटमध्ये क्षेत्र नम्बर ५ को क र ख को परिणाम आउन बाँकी छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:०६ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...