२५ मंसिर,विरगन्ज । गत असोज २ मा सम्पन्न स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित संघीय समाजवादी फोरमका नेता बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मताअन्तरले हराए ।
श्रीवास्तव २१ हजार १६९ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ठाकुर प्रसाद खरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७०४ मत पाएका छन् । गत स्थानीय चुनावमा समाजवादी फोरमका विजय सरवागीसँग पराजित श्रीवास्तव त्यत्ति बेला फोरम लोकतान्त्रिकबाट चुनाव लडेका थिए तर विजय कुमार गच्छदारको फोरम कांग्रेसमा विलय भएपछि उनी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।
वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:३३ मा प्रकाशित