back
CTIZAN AD

यहाँ न कसैको हार भएको छ न कसैको जित

वि.सं.२०७४ मंसिर २५ सोमवार

840 

shares

shiv-banjaraनिर्बाचन एक लोकतान्त्रिक प्रक्रिया हो । जसमा हार जित स्वभाबिक हुन्छ । तर, यहाँ न कसैले जितेको छ न कसैले हारेको छ । जित त त्यहाँ हुन्छ जुन दिन जसले समग्र राष्ट्र जिताउन सफल हुन्छ ।
खुसीकै कुरा गर्ने हो भने, २०६४ को संबिधानसभाको निर्बाचनको मतपरिणाममा जति खुशी र आशाबादी अरु कहिल्यै भईएन । आज १० बर्ष बिते । तर, राज्य ब्यवस्थामा के परिबर्तन आए त ? खै राज्यको अबस्थामा के कस्ता परिबर्तन आए भन्ने छुट्याउन सकिएको छैन अनि परिवर्तनको आभारष नेपाली जनताले गर्न सकेका छन् जस्तो मलाई लाग्दैन् ? त्यसैले यस जितमा उत्तेजित भएर आफ्नो अमूल्य समयको बर्बादी गर्न भन्दा यस अबसरलाई आत्मसाथ गरि देश र जनताको लागि केहि गर्नका लागि आ–आफ्ना प्रतिनिधीहरूलाई गुण र दोषको आधारमा ऊर्जा तथा उत्प्रेरणाबाट हुन्छ कि, खबरदारी तथा दबाबवाट हुन्छ सहि र गलतको पहिचान गरि देश र जनताका लागि समर्पण गर्न प्रेरित गरौ,नत्र अहिलेको काँग्रेसको हालत भोलि अन्य दलको हुनेमा शंकै छैन ।
एक समय थियो, मलाई पनि राजनीतिको खुबै रस बसेको थियो । प्रत्यक्ष अप्रत्यक्ष सक्दो लागियो र सकेको गरियो पनि । तर, अन्धभक्त भएर लागिएन जुन एक सिद्धान्तप्रतिको आस्था थियो र जो त्यसको नायक थिए उनले नै सबै आसाका मुनाहरूमा डढेलो लगाई तहस नहस बनाइदिए । त्यस पश्चात ईमान्दारको राजनीति गर्ने नेता नेपालमा छैन भन्ने निष्कर्ष निकालेर सकिन्छ समाज सेवाबाट १ र २ जना अनाथको साथ बन्ने । अशहायको सेवा गर्ने, नसके आफ्नो परिवार खुशी राखेरे बस्ने भन्ने निर्णय गर्दै समाज सेवामा समर्पण भएको छु ।
अव चुनाब सकियो । सबै बिजेताले यसलाई अबसरको रुपमा लिएर देश र जनताको सेवामा लाग्ने र उपबिजेताले यसलाई प्रयाप्त प्रयासको कमि सम्झेर फेरी देश र जनताकै सेवा गरी अर्को निर्बाचनको लागि बिजेता बन्ने आधार निर्माण गर्ने । अब यो सुनौलो समयको माग र सबैको कर्तब्य भनेको एकताबद्ध भई सिंगो राष्ट्र र सम्पूर्ण नेपाली जनतालाई बिजय गराउने । बिजेता तथा उप बिजेता सबैलाई हार्दिक शुभकामना !!

वि.सं.२०७४ मंसिर २५ सोमवार ०८:०२ मा प्रकाशित

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

के हो गल्छिको स्टन्ट ? थपलिया भन्छन् – आशिकाको कालो चस्माले अर्कै देख्यो

नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलियाले गल्छी घटनाको वास्तविकता सार्वजनिक...

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...