back

कतारमा मनाइयो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

वि.सं.२०७४ मंसिर २५ सोमवार

666 

shares

qatar3

कतारमा नेपाली समुदायले अन्तराष्ट्रिय दिवस मनाएको छ । कतार रेड क्रिसियन्ट मुख्य आयोजक रही गरिएको सो दिवसमा कतार रेड क्रिसियन्टसँग मोहम्मद रमजान अलि मियाँको विशेष आयोजक भुमिकामा गैर आवासीय नेपाली संघ, कतार शाखाले प्रमुख समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।
सो दिवस मनाउने क्रममा कतार रेड क्रिसियन्टले कतारमा बैदेशिक रोजगारीको लागि वसोवास गर्दै आएका विभिन्न देशका समुदाय विच प्रतिस्पर्धात्मक तथा रोमान्चक खेलहरुको आयोजना गरेको थियो ।
नेपाली समुदायको तर्फबाट खेलकुद विभागको समन्वयकारी भूमिका रामजी गिरीले निर्वाह गर्नुभएको थियो ।
उक्त समारोहमा मोटरसाईकल र्याली, कार र्याली, म्याराथुन दौड, ४ सय मिटर दौड, चित्रकला प्रतियोगिता, बालबालिकाहरु वीचको फुटबल खेल, मनोरन्जनात्मक घैंटो फुटाई खेलको आयोजना गरेको थियो ।

qatar2
सो समारोहमा कतार रेडक्रिसियन्टले विजेता मुलुकलाई पुरस्कार प्रदान गरेको थियो भने सहभागी नेपाली समुदायलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा एनआरएनए आइसीसीका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, गैरआवासीय नेपाली संघ दोहा कतारका कार्यवाहक अध्यक्ष तेज प्रसाद कटुवाल, महासचिव बुधवल गुरुङ, गैर आवासीय नेपाली संघका युवा संयोजक माया केसी, बसन्त फिल्मसका अध्यक्ष इश्वर काफ्ले, नेपाली प्रवासी मंचका निवर्तमान अधक्ष्य रामहरी गैह्रे, नेपाली महिला समाज कतारकी उपाध्यक्ष अमिना खातुन र महासचिव अम्बिका खत्री, व्यवशायी तथा समाजसेवी रमेश भट्ट लगायत नेपाली पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

qatar1

प्रवासी नेपाली मञ्चका अधक्ष्य चानक पोखरेलको विशेष संथागत समन्वयकारी पहलमा ठूलो समूहमा नेपाली समुदायलाई उपस्थित गराउन सफल भएको थियो भने महिला समूहको तर्फबाट पनि सो दिवस सफल बनाउन उपस्थित भई आफ्नो भूमिका निर्वाह गरेको थियो ।
कतार रेड कृसियन्टका महासचिव अलि बिन हसन अल हम्मादी को प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियोे भने स्वयमसेवक बिभागका प्रमुख अहमद अल खुलैफीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम लाई भब्य सभ्य बनाउन अल अहली स्पोट्र्स क्लबको प्रभावकारी भुमिका रहेको थियो ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०९:४० मा प्रकाशित

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

सेसेल्स । सेसेल्समा काम गर्ने क्रममा दुर्घटनामा परेका रन बहादुर...

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

सिसेल्स । माई नगरपालिका वडा नं ९ ईलाम निवास वर्ष...

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भदौ...

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

जापानमा रहेका पाल्पालीहरुको साझा सस्था पाल्पा समाज जापानको चौथो अधिवेशनले...

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

सेप्टेम्बर १, २०२५ । नेप्लिज एशोसिएसन इन साउथवेस्ट अमेरिका (Nepalese...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा...