back

गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

वि.सं.२०७४ मंसिर २६ मंगलवार

393 

shares
IME Limited
NTC AD

congresh-flag

२६ मंसिर,गोरखा  (रासस) : प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र)ले ३४ हजार ७७३ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने १८ हजार ४१३ मत ल्याएर नयाँ शक्ति पार्टी तेस्रो र १७ हजार ८१३ मत ल्याएर नेकपा एमाले चौथो पार्टी बनेको हो ।

त्यस्तै प्रदेशतर्फ भने माओवादी केन्द्रअघि छ । ३२ हजार ९३३ मत ल्याएर माओवादी पहिलो बन्यो । काँग्रेसले ३२ हजार ५९७ मत पायो भने नयाँ शक्तिले १८ हजार ८०७ र एमालेले १७ हजार १२३ मत ल्याएको हो । क्षेत्र नं १ मा खसेको ९८ हजार ९२२ मध्ये काँग्रेस १९ हजार ८० मतले अगाडि छ । माओवादी केन्द्रले १७ हजार १२५ मत ल्यायो । एमालेले ११ हजार ७८० र नयाँ शक्तिले ६ हजार ५९९ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

क्षेत्र नं १ को प्रदेश (क)मा माओवादी केन्द्रको नौ हजार ७७५, काँग्रेसको आठ हजार ३२२, एमालेको चार हजार ६५४ र नयाँ शक्तिको चार हजार २७२ मत आयो । प्रदेश २ मा काँग्रेसको नौ हजार १४४, माओवादी केन्द्रको छ हजार ९८७, एमालेको छ हजार ७०४ र नयाँ शक्तिको दुई हजार ८१८ मत आएको सापकोटाले बताउनुभयो ।

यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको १७ हजार ६०८, काँग्रेसको १६ हजार ३३९, नयाँ शत्तिलको ११ हजार ८१४ र एमालेको छ हजार ३३ मत खसेको निर्वाचत अधिकृत एकनारायण लम्सालले बताउनुभयो । प्रदेश (क)मा माओवादी केन्द्रको सात हजार २४८, काँग्रेसको छ हजार २१६, नयाँ शक्तिको सात हजार ४३७ र एमालेको तीन हजार ४८१ मत आएको छ ।

प्रदेश (ख)मा माओवादी केन्द्रको नौ हजार ३२३, काँग्रेसको आठ हजार ९१३, नयाँ शक्तिको चार हजार २८० र एमालेको दुई हजार २८४ मत आएको हो । प्रत्यक्षतर्फ चारवटा प्रदेशमा काँग्रेस, एमाले, माओवादी र नयाँ शक्तिले एक÷एक सिट जितेका थिए भने प्रतिनिधिसभातर्फ नयाँ शक्तिबाट गोरखा–२ मा बाबुराम भट्टराई र गोरखा–१ मा माओवादी नेता हरिराज अधिकारी विजयी भएका थिए ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार १५:५० मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...