back
CTIZAN AD

गोरखामा समानुपातिकमा काँग्रेस पहिलो

वि.सं.२०७४ मंसिर २६ मंगलवार

735 

shares

congresh-flag

२६ मंसिर,गोरखा  (रासस) : प्रत्यक्षतर्फ एउटा प्रदेशसभा जितेको गोरखाको नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । एक लाख २३ हजार ७७६ मत खसेकामा काँग्रेसले ३५ हजार ४१९ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र)ले ३४ हजार ७७३ मत ल्याएर दोस्रो पार्टी बनेको छ भने १८ हजार ४१३ मत ल्याएर नयाँ शक्ति पार्टी तेस्रो र १७ हजार ८१३ मत ल्याएर नेकपा एमाले चौथो पार्टी बनेको हो ।

त्यस्तै प्रदेशतर्फ भने माओवादी केन्द्रअघि छ । ३२ हजार ९३३ मत ल्याएर माओवादी पहिलो बन्यो । काँग्रेसले ३२ हजार ५९७ मत पायो भने नयाँ शक्तिले १८ हजार ८०७ र एमालेले १७ हजार १२३ मत ल्याएको हो । क्षेत्र नं १ मा खसेको ९८ हजार ९२२ मध्ये काँग्रेस १९ हजार ८० मतले अगाडि छ । माओवादी केन्द्रले १७ हजार १२५ मत ल्यायो । एमालेले ११ हजार ७८० र नयाँ शक्तिले ६ हजार ५९९ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

क्षेत्र नं १ को प्रदेश (क)मा माओवादी केन्द्रको नौ हजार ७७५, काँग्रेसको आठ हजार ३२२, एमालेको चार हजार ६५४ र नयाँ शक्तिको चार हजार २७२ मत आयो । प्रदेश २ मा काँग्रेसको नौ हजार १४४, माओवादी केन्द्रको छ हजार ९८७, एमालेको छ हजार ७०४ र नयाँ शक्तिको दुई हजार ८१८ मत आएको सापकोटाले बताउनुभयो ।

यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको १७ हजार ६०८, काँग्रेसको १६ हजार ३३९, नयाँ शत्तिलको ११ हजार ८१४ र एमालेको छ हजार ३३ मत खसेको निर्वाचत अधिकृत एकनारायण लम्सालले बताउनुभयो । प्रदेश (क)मा माओवादी केन्द्रको सात हजार २४८, काँग्रेसको छ हजार २१६, नयाँ शक्तिको सात हजार ४३७ र एमालेको तीन हजार ४८१ मत आएको छ ।

प्रदेश (ख)मा माओवादी केन्द्रको नौ हजार ३२३, काँग्रेसको आठ हजार ९१३, नयाँ शक्तिको चार हजार २८० र एमालेको दुई हजार २८४ मत आएको हो । प्रत्यक्षतर्फ चारवटा प्रदेशमा काँग्रेस, एमाले, माओवादी र नयाँ शक्तिले एक÷एक सिट जितेका थिए भने प्रतिनिधिसभातर्फ नयाँ शक्तिबाट गोरखा–२ मा बाबुराम भट्टराई र गोरखा–१ मा माओवादी नेता हरिराज अधिकारी विजयी भएका थिए ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार १५:५० मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...