back
CTIZAN AD

नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ – उपराष्ट्रपति पुन

वि.सं.२०७४ मंसिर २८ बिहीवार

753 

shares

pun

२८ मंसिर, नेपालगञ्ज । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकको संक्रमणकालीन राजनीति समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्वाचनपछि संविधान कार्यान्वयनका सुखद परिणाम आउने र मुलुक समृद्धितर्फ जानेछ भन्नुभयो ।

“नेपाल नयाँ युगमा प्रवेश गर्न लागेको छ, अब हामी सबै मिलेर आर्थिक समृद्धि तथा विकासको बाटोमा मुलुकलाई दौडाउनु छ, यसका लागि राजनीतिक दलहरुबीच सहकार्य, संवाद र समझदारी निरन्तर चलिरहनु पर्छ”, उपराष्ट्रपति पुनको भनाइ थियो ।
उहाँले सिर्जनालाई व्यवस्थित गर्न पुस्तक, पुस्तक व्यवस्थापनका लागि पुस्तकालय र पुस्तकालयको व्यवस्थापनका लागि पुस्तक नीति हुनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

समारोहमा आयोजक संस्थाका तर्फबाट उपराष्ट्रपति पुनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले शिक्षा, साहित्य र कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने त्रिभुवन विश्व विद्यालयका स्रष्टाहरु पूर्व उपकूलपति प्राध्यापक डा सुरेशराज शर्मा, फिल्म निर्देशक यादव खरेल, साहित्यकार सनतकुमार रेग्मी र शिक्षा अभियन्ता हरिप्रसाद रावतलाई अभिनन्दनपत्र, दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो ।

त्यसैगरी, सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने सञ्जय सिंह, नारायण ज्ञवाली र वसन्त लामिछानेलाई पनि उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो ।

कर्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक हरि गौतम, सम्मानित व्यक्तित्व शर्मा, महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुस ८ गतेसम्म सञ्चालन हुने सो पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पुस्तकका १४० कक्ष राखिएका छन् भने महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ११:२६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...