back
CTIZAN AD

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

वि.सं.२०७४ मंसिर २९ शुक्रवार

936 

shares

logo-uml

२९ मंसिर, चितवन । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ ।

आज सम्पन्न समानुपातिक मत गणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८७ हजार ४१३ मत प्राप्त गरेको छ ।

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ७९ हजार ५४४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७५ हजार ३६० मत प्राप्त गरेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभातर्फ ३९ हजार ८१३ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४० हजार ६८७ मत प्राप्त गरेको छ ।

त्यसैगरी विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ५२० र प्रदेशसभातर्फ नौ हजार २५२ मत प्राप्त गरेको छ । चितवनमा पाँचाँै दलका रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ३६१ र प्रदेशसभातर्फ ६ हजार ९०० मत प्राप्त गरेको छ ।

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ । क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकामा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकामा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकामा ६ हजार ६५५ मत बदर भएको छ ।

वि.सं.२०७४ मंसिर २९ शुक्रवार ०८:५० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...