back

प्राकृतिक ताललाई व्यवस्थित गरेर माछापालन

वि.सं.२०७४ मंसिर २९ शुक्रवार

633 

shares
IME Limited
NTC AD

machha-palan

२९ मंसिर,भीमदत्तनगर  (रासस) : कञ्चनपुरको बेलौरी नगरपालिका–– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् ।

यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् ।

विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।

सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भन्नुभयो–“विगत वर्षमा वार्षिक रु तीन लाखसम्म नाफा भएको थियो ।”

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । “पहिले रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो,” चौधरीले भन्नुभयो– “यस याममा रु १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।”

पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हँुदै गइरहेको बताउनुहुन्छ ।

“चैतसम्म माछा बेच्ने समय हो,” उहाँले भन्नुभयो–“दैनिक माछा बिक्री भइरहेको छ ।” माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो रु २५० देखि रु ३०० सम्ममा बिक्री भइरहेको छ ।

आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ ।

माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक रु एक लाख ५० हजार नगरपालिकालाई तिर्दैआएका छन् ।

“मुक्तकमैयाको आयस्तर उकास्न ताल समुदायलाई नै हस्तान्तरण गरिदिए हुन्थ्यो,” स्थानीयवासी कृपाराम चौधरीले भन्नुभयो–“नगरपालिकाले वार्षिक रुपमा समूहलाई ठेक्का दिएर रकम लिइरहेको छ ।”

त्यसैगरी, बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन थालेका छन् । यहाँको कर्णाली टोलका स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेका हुन् । समूहका कोषाध्यक्ष सावित्रा रावलका अनुसार उनीहरुले समूहमार्फत डेढ बिघा खेतमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । यसका लागि एनएनएसडब्लुएले प्राविधिक सहयोग गर्दैआएको छ ।

“शुरुवातमा रु ६ लाख लगानी ग¥यौँ,” उहाँले भन्नुभयो–“अब माछा बिक्रीका लागि तयार हुँदैछन् ।” माछापालनका साथै किसानले सामूहिक रुपमा तरकारी खेतीसमेत गरिरहेका छन् । सो समूहमा ४५ परिवार आवद्ध छन् । उनीहरुले मासिक रु ५० बचत गर्दै आएका छन् । एनएनएसडब्लुएले बेलौरीमा किसानलाई व्यावसायिक बनाउन तरकारी खेती, माछापालन, बंगुरपालन र च्याउखेतीमा सहयोग गरिरहरहेको छ ।

एनएनएसडब्लुले समुदायमा आधारित जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गरिरहेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । उहाँले सोभाताल र कर्णाली टोलमा माछापालन तथा च्याउखेतीका लागि बेलौरी नगरपालिकाका १३ वटा स्थानमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।

“हामीले गर्ने सहयोग आर्थिक अनुदानदेखि प्राविधिकसम्म हो,” संयोजक सुनारले भन्नुभयो– “उत्पादित बस्तुको बिक्री वितरणका लागि सम्बन्धित निकायसित छलफल गरिहेका छौँं ।”

वि.सं.२०७४ मंसिर २९ शुक्रवार १२:५४ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...