back
CTIZAN AD

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ देखि

वि.सं.२०७४ पुस २ आइतवार

741 

shares

maithili

२ पौष, राजविराज । सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।

मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको बताएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरि गरी अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सम्मेलनमा स्मारिका र केही पुस्तकको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मानसमेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने छ ।

उद्घाटन सत्र समाप्तिपश्चात् तत्काल नेपाल–भारतका अतिविशिष्ट कलाकर्मीद्वारा भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताउँदै दोस्रो दिन विचार गोष्ठी राखिएको बताइएको छ ।

गोष्ठीमा प्रदेश नं २ मा मैथिलीलाई कामकाजको भाषा बनाइनुपर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानहरुले टिप्पणी प्रस्तुत गरेको छ ।

सोही सत्रमा राजविराज घोषणापत्रसमेत सर्वसम्मतिले पारित गरिने योजना रहेको मूल समितिका संयोजक झाले बताएका छन् ।

नेपाल–भारतका करिब २०० प्रतिनिधिको सहभागिता रहने दुवै दिनको कार्यक्रममा नेपाल र भारत दुवै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकको प्रदर्शनीसमेत राखिने उनले जानकारी दिएका छन् ।

वि.सं.२०७४ पुस २ आइतवार ०४:५६ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...