२ पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
भिमदत्तनगरपालिकाको माँझगाउँ चौराहा र बेदकोट नगरपालिकाको समादाईजी साथै बैजिनाथ गाउँपालिकाको नौबास्तागरी ३ ठाउँमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको जनाएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त ३ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले विज्ञप्ति मार्फत जानाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संञ्चालित उक्त शाखा रहित सेवा केन्द«बाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी साथै कर्जा आवेदनल गर्ने समेत व्यवस्था रहेको जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्न सक्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७४ पुस २ आइतवार ०४:५६ मा प्रकाशित






























