
नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच मिति २०७४ मंसिर २६ गते का दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार आर्थिक वर्ष २०७४/७५ को लागि एन.बी.आई ले नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनीलकुमार खनाल र एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।
वि.सं.२०७४ पुस २ आइतवार ०५:१६ मा प्रकाशित






























