
२ पौष, एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फ्रि किक मार्फत एक मात्र गोल गरेपछि स्पेनिश क्लब रियल म्याड्रिडले लगातार दोसे वर्ष पनि क्लब विश्व कपको उपाधि जितेको छ ।
अबुधावीमा सम्पन्न खेलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १- ० गोल अन्तरले हराउदै रियलले क्लब विश्वकपको उपाधि जितेको हो । रियललाई दोस्रो वर्ष पनि उपाधि जिताउन स्टार फरवार्ड रोनाल्डोले ५३ औ मिनेटमा फ्रि किक मार्फत गरेको गोल पर्याप्त रह्यो ।
यसै गरि रियलले ३ पटक क्लब विश्वकपको उपाधि जित्दै वार्सिलोनाको नाममा रहेको रेर्कड सँग पनि बराबरी गरेको छ ।
वि.सं.२०७४ पुस २ आइतवार ०४:३८ मा प्रकाशित