back
CTIZAN AD

अलैँची खेतीमा किसान आकर्षित

वि.सं.२०७४ पुस ९ आइतवार

852 

shares

alaichi

९ पुस, बागलुङ,  । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् ।

परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो बजार मूल्यका कारण पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको हो ।

सोही ठाउँको गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा पनि अलैँची खेती भइरहेको छ ।

अन्य क्षेत्रमा पनि खेती विस्तार गर्ने योजना रहेको उल्लेख गर्दैै सहकारीका अध्यक्ष होमनाथ सापकोटाले भन्नुभयो, “परीक्षण सफल भएपछि हामी उत्साहित छौँ । दमेकका सरकारी, सामुदायिक र निजी वनमा समेत अलैँची खेती शुरु गरिएको छ ।”

स्थानीयवासी आनन्द अम्माई, झापाका पारस काफ्ले र अन्य किसानले पनि अलैँचीको नर्सरी स्थापना गरेका छन् । किसानले अलैँचीको फलदेखि बिरुवासमेत बिक्री गर्ने गरेका छन् । गत वर्ष जिल्लाभरका किसानले रु १० लाखको बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वार्षिक रु ५० लाख भित्र्याउने गरी किसानले काम गरिरहेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिएको छ । दमेक, दुदिलाभाटी, खरबाङ, बुर्तिबाङ, अर्गल, हिल, राङ्खानी, बरेङलगायतका क्षेत्र अलैँची खेतीका लागि उपयुक्त मानिएको छ ।

अलैँचीतर्फ किसानको आकर्षण बढेकाले खेती विस्तार हुँदै गएको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताउनुभयो ।
“बागलुङमा अलैँचीको राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो, “खेती गरिरहेका किसानले राम्रो आम्दानी गरिहेका छन् ।” सिमसार, उत्तिसको रुख भएका खोल्सा र पाखोबारी अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । अलैँची बिक्रीका लागि भने पूर्वको झापालगायतका ठाउँमा पु¥याउनुपर्ने अवस्था रहेको अधिकृत अधिकारीको भनाइ छ । ठूलो मात्रामा उत्पादन भएको अलैँची भने व्यापारीले गाउँमै आएर खरिद गर्ने गरेका छन् । नेपालमा उत्पादन हुने अलैँची विदेशी मुलुकमा समेत निर्यात हुने गरेको छ ।

पछिल्लो समय भने अलैँचीको मूल्यमा कमी आएपछि किसान चिन्तित छन् । प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुने अलैँची अहिले घटेर रु हजारभन्दा पनि कम भएको छ ।

उत्पादन गर्न सके बिक्रीको भने समस्या नरहेको सम्बद्ध किसानको भनाइ छ । कम लगानीमा राम्रो आम्दानी दिने भएकाले पनि किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयले खेती गर्न चाहने किसानलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७४ पुस ९ आइतवार ०९:२७ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...