back
CTIZAN AD

सुदूरपश्चिम महोत्सवमा १६ करोडको कारोवार

वि.सं.२०७४ पुस १२ बुधवार

687 

shares

money

१२ पुस, धनगढी  : यहाँ आयोजित सुदूरपश्चिम महोत्सवमा बिक्री भएको प्रत्येक टिकटबाट केही रकम जिल्ला दैविप्रकोप उद्धार कोष र शिवपुरी धामको विकासका लागि छुट्टयाइएको छ ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेस स्वाँरले बिक्री भएको प्रत्येक टिकटबाट एक रुपैँया जिल्ला दैविप्रकोप उद्धार कोषमा र एक रुपैँया शिवपुरी धामको विकासका लागि छुट्याउने निर्णय महासंघले गरेको जानकारी दिनुभयो ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ गत मंसिर २९ गतेदेखि शुरु भएको महोत्सव आज सम्पन्न भएको हो । प्रदेशसभा सदस्य डिल्लीराज पन्तले महोत्सवको समापन गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुई सय ५० व्यापारिक स्टल राखिएको महोत्सवको १२ दिनको अवधिमा झण्डै रु १६ करोडको कारोवार भएको महासचिव स्वाँरले जानकारी दिनुभयो । सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योेग, व्यापार व्यवसायको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घले यहाँ हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।

वि.सं.२०७४ पुस १२ बुधवार ०५:२८ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...