२१ पुस, काठमाडौँ । मोडलिङ क्षेत्रमा निरन्तर सक्रिय मोडलिङ स्कुल नेपालको आयोजनामा हुन् लागेको प्रतियोगिता मिष्टर एण्ड मिस कलिउड नेपालको ट्यालेन्ट राउन्ड शनिबार हुने भएको छ । राजधानीको नयाँ बानेश्वर स्थित मोक्ष लन्जमा ट्यालेन्ट राउन्ड हुन् लागेको हो ।
अडिसनबाट छनोट भएर आएका उत्कृष्ट १५ महिला तथा १५ पुरुष गरि ३० जना प्रतियोगिले ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा देखाउने छन् । प्रतियोगिले देखाउने प्रतिभाको आधारमा अर्को राउन्डमा छनोट गरिने मोडलिङ स्कुल नेपालका सिईओ गिनिज भट्टराईले जानकारी दिए ।
वि.सं.२०७४ पुस २१ शुक्रवार ०९:३९ मा प्रकाशित






























