back
CTIZAN AD

अष्ट्रेलियामा सामुहिक ब्रतबन्धको आयोजना

वि.सं.२०७४ माघ २ मंगलवार

801 

shares

भौगोलिक हिसाबमा जुन भूगोलमा रहे पनि नेपाली कला, संस्कार, सँस्कृति र सनातन धर्मलाई भुल्न सकिन्न भन्ने मान्यतालाई स्थापित गर्दै अष्ट्रेलियाको इतिहासमै पहिलोपटक ५१ जना बटुकहरुको ब्रतबन्ध गरिदैंछ ।
हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा मार्च ३ र ४, २०१८ मा ५१ जना बटुकहरुको पुणित कार्य ब्रतबन्धको आयोजना भएको छ ।
यहाँ आर्थिक अबस्थाको पहिचान भन्दा पृथक सामाजिक सद्भाब र सामाजिक एकता अनि हाम्रो धर्म र संस्कारको प्रबासमा पनि संरक्षण र प्रबद्र्धन गर्ने अभिप्रायले आयोजना गरिएको यस ऐतिहासिक धार्मिक अनुष्ठानमा सिड्नीबासी महानुभाबहरूमा आफ्नो उमेर पुगेका बालकहरूको पहिलो उपनयन संस्कार बिधिवत रूपमा सम्पन्न गर्न हार्हिक आह्ववन गरिएको छ ।
यस सुबर्ण अबसरको लाभ लिनुका साथै अत्यधिक बुकिङ्ग आएकोले आफ्नो बालकको यस महत्वपूर्ण उपनयन सँस्कार बुक गर्न समाजले अनुरोध गरेको छ । नेपालीज हिन्दु सोसाईटीको वेभसाईटमा स्वयंले अनलाईन बुक गर्न वा प्रबासी नेपाली अष्ट्रेलिया सिड्नीका चर्चित पंण्डित प्रकाश ढोडारी लाई ०४११८३८४४९ मा सम्पर्क गर्न सकिने पनि आयोजकले बताएको छ ।
त्यस्तै संस्थाका महासचिव प्रचना शर्माको ०४०३४२५३३७ मा पनि सम्पर्क गर्न सकिने तथा अष्ट्रेलिया अबस्थित सम्पूर्ण प्रबासी नेपाली समुदायलाई यस ऐतिहासिक अभियानमा सहयोग गर्न पनि समाजका तर्फबाट शिव बन्जाराले अनुरोध गरेका छन् ।

वि.सं.२०७४ माघ २ मंगलवार ०३:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...