back
CTIZAN AD

श्रीमान् सुन्नुहोस्

वि.सं.२०७४ माघ २ मंगलवार

879 

shares

खै के काम समानता र समता लेखेर ती ऐनमा
राम्रो बोट सधैं थुतिन्छ सजिलै राखिन्न उद्यानमा
माली नै जब खोरमा छ थुनिँदै के हाल उद्यानको
मर्दामात्र दिइन्छ मान–पदवी के काम सम्मानको ।

‘वेश्या हो जननी’ भनेछ जसले सुन्दैन न्यायालय
आमाको ढुकुटी सिनिक्क छ यहाँ देख्दैन न्यायालय
दोषी फुक्छ भने सधैँ सडकमा के काम न्यायालय
आस्था–मन्दिर नै छ फोहर भने बन्नेछ शौचालय ।

कुर्सीले जब दिन्न न्याय सम त्यो बन्दैन न्यायालय ।
शिक्षा बालकमा समान नदिने त्यो हुन्न विद्यालय
उल्टो ज्ञान दिने भए गुरु भने खै ! दिन्छ सम्मान को ?
न्यायी नेत्र सफा र स्वच्छ नहुँदा के आश सम्मानको ।

धेरै शक्ति चलायमान बनिए फुट्नेछ धर्ती पनि
सारा भस्म बनी इमान, गरिमा रित्तिन्छ आफैँ अनि
ज्ञानी पुत्र भए कुनै कसुरमा पाइन्छ माफी पनि
कस्तो पुत्र थियो भनी विगतको हेरिन्छ पाना पनि ।

पाएनन् अब बाँच्न कृष्ण सजिलै यो कंसको देशमा
थाले कृष्ण निमोठ्न राक्षसहरु छन् पूतना भेषमा
सच्चा मानवमा विनाकसुरमै लाग्यो यहाँ हत्कडी
आमाको बलिदान-पुत्र थुनियो उल्टो घुम्यो यो घडी ।

पायो पागल होस् भनेर पदवी बोलेन गोविन्दले
श्रीमान् ! मान गयो भनेर कहिल्यै धाएन गोविन्दले
ए ! गोविन्द चिनेन यो समयले हौ देशका गौरव
‘श्रीमान् ! बन्धक राखियो किन यहाँ यो राष्ट्रको वैभव ?

छन्द-शार्दूलविक्रीडित

वि.सं.२०७४ माघ २ मंगलवार ०२:५८ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...