back
CTIZAN AD

चुरे क्षेत्रमा चोरी–शिकारी रोक्न जनप्रतिनिधिको चासो

वि.सं.२०७४ माघ १० बुधवार

780 

shares

१० माघ, कञ्चनपुर ।  कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् ।

चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् ।

“चोरी–शिकारीमा संलग्न व्यक्तिहरुलाई चोरी–शिकारी गर्न प्रयोग गर्दै आएको बन्दुक लगायतका हतियार इलाका प्रहरी कार्यालयमा बुझाउन सात दिनको म्याद दिएका छौँ”, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं वडा नं ८ का अध्यक्ष बहादुर महराले भन्नुभयो ।

सात दिनभित्र हतियार नबुझाए चोरी–शिकारी गर्ने समूहको पहिचान गरी प्रचलित कानूनबमोजिम हँदैसम्मको कार्वाही गरिने उहाँले बताउनुभयो । चोरी–शिकारीमा संलग्नको पहिचान गर्नका लागि वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय क्लबको सहयोग लिइने बताइएको छ ।

चोरी–शिकारीमा संलग्नले बँदेल, मृग लगायतका जनावरको शिकार गरी अवैधरुपमा असुरक्षित मासु नजिकका बजारका होटलमा लगेर बेच्ने गरेका छन् । बाघ, चितुवा, भालु लगायतको छाला निकाली तस्करीको कार्यसमेत हुने गरेको बताइएको छ । अवाञ्छित कार्यमा संलग्न समूहमा हिँड्ने र शिकार गर्नका लागि जंगलमै बास पनि बस्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

चुरे क्षेत्रमा पर्ने आधा दर्जनभन्दा बढी सामुदायिक वनका पदाधिकारीसमेत वन्यजन्तुलाई चोरी–शिकारीबाट जोगाउनका लागि सामूहिक गस्तीको कार्यमा जुटेका छन् । रात्रि र दिउँसो गरी वन क्षेत्रमा गस्तीको कार्य गरेपनि हालसम्म चोरी–शिकारीमा संलग्नलाई भेटाउन नसकेको सामुदायिक वनको संरक्षणमा संलग्न लालबहादुर महराले बताउनुभयो ।

“संरक्षणकर्मीको गस्ती एक वनमा जाँदा चोरी–शिकारीमा संलग्न चाल पाएर अर्को वनमा छिर्ने गरेकाले पक्रन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

वि.सं.२०७४ माघ १० बुधवार ०४:५४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...