back
CTIZAN AD

यस्तो छ पीडा जापान आउनेहरुको

वि.सं.२०७४ माघ ११ बिहीवार

1K 

shares

जापान जसरी पनि छिर्नु छ । छिरेपछि जसोतसो सेटल भइहालिन्छ नि ! दुनिँयाले गरेको ठाउँमा म पनि कसो नगरुँला र ? लौ न फलाना मलाइ पनि वोला । कसरी वोलाउने ? विद्यार्थी भिषामा आयो भने स्कुललाइ पैसा तिर्दा तिर्दा हैरान हुन्छ । खाना, कोठाभाडा, मोवाइलका विल , इन्सुरेन्स, ट्याक्स तिर्दा वाक्क लाग्छ । औसत नेपालीहरुलाइ खासै इगंलिस आउँदैन । जापनिज भाषालाइ नेपाली भाषामा ट्रान्सलेट गरेको किताव खासै छैनन् भनेपनि हुन्छ ।
अंग्रेजी राम्रो सँग नजान्दा जापानिज भाषा राम्रो गराउन खोजेपनि गाह्रै पर्छ । कारण–जापानिज भाषावाट– इंग्लिशमा ट्रान्सलेट गर्ने–अनि नेपालीमा ट्रान्सलेट गरेर पढ्नु पर्ने हुँदा हामी अधिकांश सरकारी स्कुल पढेर जापान आएका मान्छेलाइ जापनिज विशेष गाह्रो लाग्ने रहेछ ।
यता कुकमा आएकाको पिँडा झन् भनिसाध्य छैन । नेपालमा कुक ठ्याम्मै नसिक्ने । जापान आएपछि के का नै हुन्छ भन्ने सोँच्छन् । आएपछि हातमा सिप हुन्न । होटल मालिकहरुले होटल किन्दा लागेको ऋण उठाउन प्राय नेपालीलाइ जापान ल्याउने हुन् । किनकि जापानमा भिषा जोगाउने माध्यम भनेकै विजनेश भिषाले रहेछ । नेपाली रेष्टुरेष्ट खोलेपनि प्राय चल्दैनन् । नचलेपछि नेपालवाट ८–१० लाख पैसा लिएर कुकमा मान्छे ल्याउनु पर्ने वाध्यता हुने रहेछ । यता कुकमा जापान आउने मान्छेले खासै काम जानेको हुँदैन । अर्कोतिर रेष्टुरेष्ट मालिकहरुका रेष्टुरेष्ट नचलेर आँफै टेन्सनमा हुँदारहेछन् । अनि शुरु हुन्छ वाकयुद्ध ! विहान नौ वजेवाट साँझ ११ वजेसम्म कुकहरु होटलमा काम गरिरहने र विदा खासै नपाउनाले कुकहरु पनि उकुसमुकुस हुँदारहेछन् । कुकहरु पनि चिडचिडाउँछन् । उता साहुजीहरु होटल नचलेकोमा टेन्सनमा आउने र त्यो रिस कुकमाथि थोपर्दा रहेछन् । अनि कुकमाथिका दमन र शाोषण त्यहि वाट शुरु हुन्छन् । यस भित्रका अनेक पाटाहरु त कति छन् कति ! पिँडा सवैका आ–आफ्नै । तर, हामी नेपालीहरु जहाँ गएपनि ठगिन चाहिँ आफ्नै कर्मले पनि ठगिएका छौं । र म पनि त्यो वाट अछुतो छैन । कर्म अनुसारको फल त अवश्य पाइन्छ । न घरदेशमा सुख छ न प्रदेशमा सुख छ । नेपालीलाइ जहाँ गएपनि तनावै तनाव छ ।

वि.सं.२०७४ माघ ११ बिहीवार १०:३२ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...