back
CTIZAN AD

देशभरका १६ हजार युवालाई तालीम दिइने

वि.सं.२०७४ माघ ११ बिहीवार

1K 

shares

११ माघ, काठमाडौँ । व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ ।

आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी गराए ।

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो । “बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौँ” उनले भने– “तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ ।”

परियोजनाले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालीम दिइने छ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताए ।

उनले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने बताए । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा तालीममा समावेश गराइने छ । तालीम यही फागुन महिनादेखि सञ्चालन हुनेछ । एक जनाका लागि रु १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने खनालले बताए ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०९:५२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...