back
CTIZAN AD

मानव स्वास्थ्यका लागि बहुगुणी बेल जंगलमा खेर जाँदै

वि.सं.२०७४ माघ ११ बिहीवार

1.2K 

shares

११ माघ, कञ्चनपुर । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ ।

चुरे क्षेत्रका वनमा जताततै पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।

चुरे क्षेत्रमा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जंगली जनावरको आहाराको रुपमा प्रयोग हँुदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा स्थानीयवासी सुरत साउद बताउछन् ।

“सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ” उनले भने । जुनसुकै ठाउँमा पनी बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उनको भनाइ छ । आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।

बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिर्वाय चढाउनु पर्ने चलन छ । बेलको महत्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्निपुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

झलारीस्थित आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशी बेल पेट दुखेका बेला, आउँ परेका बेला, पित्त रोगको संक्रमण भएमा, झाडापखाला लागेमा, अजीर्ण भएमा, दमको रोग भएमा, दाँतको गिजाको रोग लागेमा, बान्ता रोक्न र रुघा खोकी लागेमा औषधिका रुपमा प्रयोग हुने गरेको बताउछन् ।

फल झाडापखाला, आउँ, पाकेको फल कब्जियत निको पार्न, पात, फल जरा मधुमेहको रोग निको पार्न प्रयोग गरिन्छ । बेल औषधिका रुपमा र धार्मिकरुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको छ ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०८:४२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...