back
CTIZAN AD

म्याग्दीमा अल्लो व्यवसाय फस्टाउँदै

वि.सं.२०७४ माघ ११ बिहीवार

954 

shares

११ माघ, बेनी, म्याग्दी । जल, जमिन, जंगल र जडीबुटीमा प्रशस्त सम्भावना रहेको जिल्लामा जंगलमा पाइने अल्लो र त्यसबाट निर्माण गरिने सामग्रीको व्यवसाय फस्टाउँदै गएको छ ।

अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएको सो व्यवसायसँग सम्बन्धित व्यक्तिले बताएका छन् । हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए ।

विगतका महोत्सवमा कक्ष राखे पनि अधिकांश सामग्री घरमै फिर्ता लिएर आउने गरेकी महिला उद्यमी नेकसरा पुनले यस वर्ष करिब रु पाँच लाख बराबरको अल्लोका सामान बिक्री भएको बताइन् । उनले रु १०० देखि रु सात हजारसम्म पर्ने अल्लोका विभिन्न सामान बिक्री गरेकी हुन् ।

अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, पर्सलगायत सामग्री बिक्री गरेकी हुन् । उनले काठमाडौँको भृकुटीमण्डपमा आयोजित हस्तकला प्रदर्शनीमा समेत रु तीन लाखको विभिन्न सामग्री बिक्री गरेकी थिइन् । धौलागिरि अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर सञ्चालन गरेर पुनले अल्लोका सामग्री उत्पादन गर्दै आएकी छन् ।

“स्वदेशमा भन्दा विदेशमा यसको माग अत्यधिक छ,” उनले भनिन् । पुनले अल्लोका जुत्तादेखि कोट, इष्टकोट, गलबन्दी, रुमाल, टोपीलगायत सामग्री निर्माण गर्छिन् । जिल्लाभरि व्यावसायिकरुपमा अल्लोका ७० जना तथा ढाकाका ६० उद्यमीले दैनिकरुपमा सामग्री निर्माण गरिरहेका छन् ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर दैनिक अल्लो र ढाकाका सामग्री बनाउने गरेका छन् । “विदेशबाट आएकाहरु कोशेलीको रुपमा लैजान्छन् । गाउँका महिला आर्थिकरुपमा समेत आत्मनिर्भर हँुदैछन्” अन्नपूर्ण गाउँपालिका–८ राम्चे नांगीकी राममायाँ पुनले भनिन् । रासस

वि.सं.२०७४ माघ ११ बिहीवार ०८:३६ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...