
१३, माघ काठमाडौँ । यति बेला ईन्डियन प्रिमियर लिग आईपिएलको अक्सन चलिरहेको छ । खेलाडीहरुलाई भित्राउन आईपिएल टिमहरुले चर्को मूल्यको प्रस्ताव राख्दै गईरहेका छन् । तर जारी अक्सनमा अघिल्ला संस्करणमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडीहरु भने यस संस्करणमा बिकेनन् ।
यी हुन् नबिकेका खेलाडी
क्रिस गेल
वेष्ट ईन्डिजका यी प्रभावशाली ब्याट्सम्यानलाई यो पालि कसैले किनेनन् । बेस मूल्य करोड भारु रहे पनि उनलाई किन्न कुनै टिम ईच्छुक रहेनन् । उनले अघिल्ला संस्करणमा निकै राम्रो प्रदर्शन गरेका थिए ।
जोए रुट
ईङल्यान्डका भरपर्दा ब्याट्म्यान रुट समेत यो संस्करणको आईपिएलमा बिकेनन् । उनको बेस मूल्य डेढ करोड भारु रहेको थियो ।
मुरली विजय
भारतीय ब्याट्सम्यान मुरली विजयलाई पनि कुनै क्लबले किन्न ईच्छा देखाएनन् । उनको बेस मूल्य २ करोड भारु रहेको थियो ।
हसिम अम्ला
दक्षिणी अफ्रिकाका ब्याट्सम्यान अम्ला पनि यो सिजनको आईपिएलमा देखिनेछैनन् । उनको आधार मूल्य डेढ करोड रहेको छ ।
मार्टिन गुप्टिल
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान गुप्टिल पनि योसिजनको आईपिएलबाट बाहिरिएका छन् । उनको आधार मूल्य ७५ लाख भारु रहेको छ ।
जेम्स फक्नर
अष्ट्रेलियाका महत्वपुर्ण अलराउन्डर जेम्स फक्नरलाई किन्न पनि आईपिएल टिमले रुची देखाएनन् । उनको आधार मूल्य २ करोड भारु रहेको थियो ।