
१३ माघ, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन्स रियल म्याड्रिडले जारी सिजनको लालिगामा भ्यालेन्सियाको सामना गर्दैछ ।
भ्यालेनिसयाको घरेलु मैदान मेसल्लामा हुन गईरहेको खेलमा रियलले गत बिहिबार भोगेको कोपा डेल रेको पराजयपछि पुनरागमन गर्ने प्रयास गर्ने छ । सिजनमा लालिगामा निकै कमजोर प्रदर्शन गरेको रियलको भयालेन्सियाको भन्दा पाँच अंक कम रहेको छ ।
कोपा डेल रे को खेलमा समावेश नभएका रियलका प्रमुख खेलाडीहरु रोनाल्डो तथा, बेल मैदानमा फर्कने छन । बेल तथा रोनाल्डोले गत साता लालिगामा राम्रो प्रदर्शन गरेका थिए । १९ औ चरणको खेल सम्पन्न हुँदा रियलले ३५ अंक जोडेको छ भने शीर्ष स्थानको वार्सिलोनाको २० खेलबाट ५४ अंक रहेको छ । खेल नेपाली समयअनुसार आज राति ९ बजे हुने छ ।