back
CTIZAN AD

चिसोका कारण रु एक करोडभन्दा बढीको माछा मरे

वि.सं.२०७४ माघ १३ शनिवार

912 

shares

रामहरी न्यौपाने,१३ माघ, नुवाकोट । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् ।

बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।

पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिए । उनका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।

खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताए । जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै आयो ।” उनले भने “त्यो पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे ।”

उनले व्यक्तिगत रुपमा रु तीन करोड लगानी गरेर गएको वर्षदेखि सञ्चालनमा ल्याएको माछा फर्ममा बंगलादेशबाट दुई लाख १५ हजार भुरा किनेर ल्याई यो वर्षदेखि पालन शुरु गरेका थिए । “गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए,” पाण्डेले भने “रु पचास हजार मूल्य बराबरको माछा बिक्री गरें, बाँकी सबै मरेर गए ।”

कृषि विकास कार्यालयले फर्ममा रहेका करिब एक लाख ५० हजार मूल्य बराबरका माछा समयमै बिक्री नहुँदा ५५ टन क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । कृषि विकास कार्यालयका प्रमुख गैरेका अनुसार माछाको बजार मूल्य प्रतिकेजी रु २०० भएकाले मरेका माछाबाट पाण्डेलाई रु एक करोड १० लाख क्षति पुगेको भन्दै पीडित किसानलाई राहत उपलब्ध गराउन केन्द्रमा पठाइएको छ ।

भदौमा नै तयार भएका माछाको बजार अभावले समयमै बिक्री नहँुदा मंसिर अन्तिम सातादेखि माछा मर्न थालेको पाण्डेले बताए । “माछाको भूरा ल्याउँदा मात्रै रु एक करोड २० लाख खर्च भएको थियो ।” पाण्डेले भने “हुर्काउन दानादेखि दूधसमेत खुवाएर दुई वटाले नै एक किलोग्राम हुने बनाएको थिए ।”

बजारको अनुसन्धान र मागअनुसार माछापालन गरेको भए पनि भारतबाट आएका माछासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूले क्षति बेहोरेको उनको गुनासो छ । पाण्डेका अनुसार भारतबाट आएको यही जातका माछा रु १५० मा कारोबार हुने भएकाले स्थानीय उत्पादनका माछाले बजार नपाउँदा ठूलो नोक्सान खेप्नुपरेको हो ।

“बैंकबाट ऋण लिएर सञ्चालन शुरु गरेको फर्ममा माछासँगै कुखुरासमेत पालनको तयारी गरे पनि रु एक करोडभन्दा बढी क्षति भएकाले राहत नपाए आफू नै मर्नुको विकल्पमा नभएको” उहाँले दुखेसो पोखें । रासस

वि.सं.२०७४ माघ १३ शनिवार ०९:५२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...