back
CTIZAN AD

कृषि क्षेत्रको विकासका लागि झन्डै रु ८० करोडको लगानी

वि.सं.२०७४ माघ १३ शनिवार

648 

shares

१३ माघ, दाङ । कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उपआयोजनामार्फत सो लगानी भएकोे हो ।

यसरी सञ्चालन भएका उक्तः उपआयोजनामध्ये ५७ वटा उपआयोजना सम्पन्न भएका छन् भने तीन वटा योजना सम्झौता हुन नसकेको शर्माले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिसमेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिए ।

व्यापारिक, कृषि तथा पर्यटन महोत्सव शुरु

यहाँ तेस्रो नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रबारदेखि महोत्सव शुरु भएको हो ।

कृृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन ‘ दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा व्यापारिक, पर्यटन, कृषि एवं अन्य स्टल राखिएका छन् । करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा करिब रु तीन करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दाहालले जानकारी दिए । महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।

वि.सं.२०७४ माघ १३ शनिवार १०:१५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...