back
CTIZAN AD

कहा छिन् कन्चन दिदी ?

वि.सं.२०७४ माघ १७ बुधवार

1.1K 

shares

२०७३ मंसिर ५ गते हामीले कंचन शर्मा दिदीको समाचार राखेका रहेछौं । आज ठ्याक्कै १ वर्ष, २ महिना १२ दिन पुगेको रहेछ । फेरि दोश्रो पटक कन्चन दिदीका बारेमा पाठकहरुलाई केही जानकारी दिने जर्मको गरे ।
कन्चन शर्मा दिदीको साउन ४ गते गरिएको उद्धार, दिक्षा चापागाईँद्धारा संचालित पवित्र सेवा समाजको आश्रय, सुमन शर्मासँगको ‘सुमन सँग’, संसारन्युजमा मेरो प्रष्टीकरण हुँदै केही महिना कन्चन दिदी मेडियामा छाइरहिन् । फेरि कहिले सडक कहिले दिक्षाको आश्रम हुँदै पूर्वपति मोहन रेग्मीबाट क्षतिपूर्ति पछि कन्चन दिदीको घटनाले विश्राम लियो ।

कन्चन दिदी कहिले दिक्षाकोमा त कहिले सडकमा, कहिले तीजको बेला पशुपतिमा नाचिरहेको खबरहरु आइरहेँ कन्चन दिदीलाई पछ्याउनेहरुबाट । दिदीको नामसँगै जोडेर मनोज गजुरेलले आफ्नी श्रीमती मीना गजुरेललाई ‘मैले छोडेपछि कन्चन जस्तै हुन्छेउ’ (मीनाजीको भिडियोे प्रस्तुति अनुसार) भनेर कटाक्ष गर्ने र केही दैनिक मेडियामा महिलासँगको विषयलाई लिएर कन्चन दिदीको नाम जोडिदै आए ।

यो पंक्तिकारलाई पनि पटक–पटक देश विदेशबाट ‘कन्चन काण्ड’ कहाँ पुग्यो चन्दा जी ? भन्ने सोधाइहरु आइरह्यो । मनले सोच्यो दिक्षालाई फोन गरौं कन्चनको खबर के छ भनेर ? एकमनले सोँचे होइन्, परिवारलाई फोन गर्छु ! फेरि सोँचे होइन्, यो विषयलाई न नउठाउँ फेरि पहिलेको जस्तै तनाव हुन्छ । तर, आफूले उठाएको विषय भएर होला, जसरी एउटा किसानले टमाटरको बीउ रोपेदेखि फल नलाग्दा सम्म छोराछोरीलाई जस्तै माया गरेर बिरुवाको स्याहार सुसार गर्छ ? त्यसरी नै मनमा दिदीको सम्झना सधैं आइरह्यो । मनले खोजिरह्यो कन्चन दिदी कहाँ छिन ? कन्चन दिदीको बारेमा संसारन्युजमार्फत मैले बटुलेको जानकारी संप्रेषण गर्दा मलाई झण्डै तीन सय कमेन्टमा २५ प्रतिशत भन्दा बढी गाली थियो । त्यसकारण पनि मलाई फेरि त्यहि घाउ बल्झाउने मन भएन् ।

तर, एकहप्ता देखि हास्य कलाकार मनोज गजुरेल र मीना गजुरेल ढकालको छोडपत्रको विषयले तातेको नेपाली समाज र मेडियामा कन्चन दिदीको नाम आएकोले खोजी गर्ने निर्णय गरे । अनि फोन हाने कन्चन दिदीकी जेठी दिदीलाई ।

बुधबार बिहाँनको १० बजे

स्थान : संसारन्युज डटकम र ऐक्यबद्धताका कार्यालय ।

हेलो दिदी, नमस्कार म, चन्दा बहिनी !

नमस्कार बहिनी !

दिदी, कन्चन दिदी कहाँ हुनुहुन्छ आजभोली ?

सुधारगृहमा छन् अहिले ।

दिदी हजुरसँग केही कुरा गर्न सक्छु की भेटेर ?

होइन्, मलाई किन भेट्नु प¥यो र ? आमालाई भेट्नुहोस् न !

आमाको फोन नं दिनुस् न, को सँग बस्नुहुन्छ आमा ?

भाइ सँगै बस्नुहुन्छ । आमा बुढी हुनु भयो अलि गा¥हो हुन्छ कुरा गर्न ।

त्यसो भा तपाइसँगै कुरा गर्छु नी दिदी, मलाई केही समय दिनुस् न !

बहिनी म धेरै व्यस्त छु । एउटा कलेजमा पढाउँछु । बरु पायक पर्ने ठाउँ बाटोमा भेटेर कुरा गर्दै अलि परसम्म जाउँ तपाईलाई पनि हुने म पनि घरमा गएर आफ्नो काम भ्याउँछु ।

हुन्छ दिदी, बरु तपाइ र म त्यहि बाटोमा रहेको कुनै चिया पसलमा बसेर आधा घण्टा कुरा गरौंन हुँदैन ?

दिदी अन्यथा नलिनु होला, कन्चन दिदी के गर्दै हुनहुुन्छ भनेर सबैले सोधेको भएर तपाइसँग कुरा गर्न खोजेकी हुँ !

दिदीले होइन्, बहिनी त्यस्तो सोच्दीन् । तपाइको जान्न पाउने अधिकार पनि हो । तपाइलाइ मैले बुझ्छु ।

कुरा गर्दै गएपछि दिदीले भेट्नुभन्दा पनि फोनबाटै तर्काउन खोज्नुभयो । कन्चन दिदीको बारेमा भन्दै जानु भयो । मैले पनि उहाँलाई भेट्न मन नभएको होकी भनेर, फोनबाटै विस्तृत लिन्छु भनेर झण्डै १० मिनेट जति कुरा गरे ।

दिदी कन्चन दिदी कहाँ हुनुहुन्छ अहिले ?

बुढानिलकण्ठको कुनै रिहाब सेन्टरमा छ । ५ महिना भयो त्यहाँ राखेको ।

हो र, राम्रो गर्नु भएछ तपाइहरुले !

कहिले लैजानु भएको हो ?

५ महिना भयो ।

दिदीलाई बाहिर निस्केको बेलामा समातेर लैजानु भयो की कसरी ?

होइन्, दिक्षाको आश्रमबाटै हो ।

तपाइहरुले लैजानु भयो की दिक्षाले नै पठाइन् ?

होइन्, सुधारकेन्द्रका मानिसहरु नै आएर लगेका हुन । बोलाएपछि लिन आउँदा रहेछन् नि ।

हो, र दिदी कति महिना राख्नुहुन्छ अनि कति पैसा लाग्दो रहेछ ?

बहिनी ६ महिनाको लागि हो राख्ने । उनीहरुको सिस्टम पनि त्यहि हो । ६ महिनाको १ लाख तिर्ने हो ।

त्यसो भए खुसीको कुरा, कन्चन दिदीमा सुधार आएको छ नि है दिदी ?

हो, केही सुधार आएको छ । तर, उ स्वतन्त्र भएर हिडेको भएर होला त्यहाँ बस्न मानिरहेकी छैन्, बाहिर निस्कन्छु भन्छे ।

सुधार केन्द्रले के भन्छ दिदी ?

उनीहरु धेरै बोल्दैनन्, राम्रै छ भन्छन् । म आफै अभिभावक भएकोले हप्ताको १ पटक भेट्छु ।

दिदी मैले भेट्न सक्छु कन्चन दिदीलाई ?

हुँदैन बहिनी बाहिरकोलाई भेट्न दिदैँन् झन, पत्रकारलाई त भेट्नै दिदैन ।

दिदी तपाइको थर के लेख्नुहुन्छ रे, ….शर्मा नै हो ?

होइन्, बहिनी देशको लागि ठूलो काम गरेको भए पो, आफ्नो नाम पत्रपत्रिकामा ल्याएर गर्व गर्नु हो । जेठी दिदी भनेर लेख्नुस् न ! बहिनी जे पर्नु हामीलाई परेको छ बाहिर मेडियामा हल्ला गरेर के गर्नु तपाइले सोध्नु भयो मैले भने ।

होइन्, दिदी पाठकहरुको जिज्ञासा मैले मेटाउनु पर्छ जानेर हो वा नजानेर विषय म बाट नै उठान भएको हो ।

होइन, बहिनी ठिकै छ । त्यसैले त मैले तपाइलाई भने । हल्ला गर्नु हुँदैन बहिनी । हाम्रो पीडा हामीलाई थाहा छ । अरुले जानकारी पाएर वा नपाएर के हुन्छ र ? हाम्रा शुभ चिन्तकहरुलाई थाहा छ कन्चन कहाँ छिन् भनेर अरुलाई हल्ला गर्न मात्र हुन्छ बहिनी । अरुले जानकारी पाएर पनि के भो नपाएर पनि के भयो !

दिदीले अरु धेरै कुरा गर्न चाहानु भएन । मैले पनि दिदीलाई कर गरिन् । मेरो चाहना थियो, कन्चन दिदीलाई कुनै रिहाब सेन्टरमा लगेर काउन्सीलिङ गर्न पाए हुने थियो भनेर । त्यो मैले कन्चन दिदीले पूर्वपति मोहन रेग्मीबाट पैसा पाउनासाथ जेठी दिदीलाई, आमालाई र दिक्षालाई पनि भनेकी थिए । ‘कन्चन दिदीलाई कुनै रिहाब सेन्टरमा राखिदिउन’ भनेर । दिदीले कहाँ छ, बैनी त्यस्तो सेन्टर ? तपाइले पनि हेर्नुहोला हामी पनि हेर्छौ । म अहिले अमेरिका जाँदैछु फर्केर हेर्छौ । भनेर भन्नु भएको थियो ।

कन्चन दिदी रिहाब सेन्टरमा छन् भन्ने थाहा पाएर समस्त पाठकलाइ यो जानकारी दिन मात्र खोजेकी हुँ । कन्चन दिदीजस्तो शिक्षित महिला यसरी सडकमै फर्कनु हुँदैन फेरि भन्ने नै हाम्रो अहिलेको विषय उठानको महत्वपूर्ण उद्धेश्य हो । यसले पाठकको कौतुहलता पनि मेट्ने छ भन्ने विश्वास गरेका छौं ।

मैले भेट्दाकी कन्चन ……..

अन्तत : कन्चनले पाइन् पूर्वपति रेग्मीबाट क्षतिपूर्तिस्वरुप ११ लाख

वि.सं.२०७४ माघ १७ बुधवार ०६:३३ मा प्रकाशित