
शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फरवरी १६ का दिन आयोजना गरिने नेपालको राष्ट्रिय मौलिक पर्व स.फो.खिलो २१४५ औं ग्याल्बो लोसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।
स.फो.खिलो २१४५ औं ग्याल्बो लोसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको संघका अध्यक्ष सेर साङबो शेर्पाले जानकारी दिएका छन् ।
कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आयोजना गरिएको उक्त सांस्कृति कार्यक्रम ‘भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान ः ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथै मनाइन लागिएको हो ।
कोरियामा क्रियाशील संघ–संस्था र नेपाली दाजूभाई तथा दिदीबहिनीहरु माझ एकता र सद्भाव बढाउन शुभकामना आदान–प्रदान गर्न शेर्पा संघद्वारा यसपटकको सांस्कृतिक कार्यक्रम भब्य सफल बनाउन स्थानीय कलाकारहरुले राष्ट्रिय मौलिक पहिचान झल्किने बिभिन्न नृत्य तथा गीत संगीतको तयारी गरीरहेको आयोजक कमिटिको सदश्य युगेल तेन्डूब शेर्पाले जानकारी दिए ।
कार्यक्रममा आवश्यक साउण्ड सिस्टम हलमा रहेता पनि गीत संगीतलाई थप उच्चस्तरको आवाज दिनका लागि साउन्ड सिस्टम बाहिरबाट हायर गरी थप गर्ने कोषाध्यक्ष गुरु निमाले बताए ।
यसपटक ग्याल्बो लोसार विशेष साँस्कृतिक कार्यक्रममा उपस्थित हुने महानुभावहरुलाई आयोजक कमिटीको तर्फबाट उपलब्ध हुने स्वागत सत्कार सेवा सुविधाको कुनै कमी महसुस हुन नदिन ब्यापक स्वयम सेवक परिचालन गरी ब्यवस्थित गरिने भएको छ ।
संघले कार्यक्रम ऐतिहासिक तथा सफल बनाउन हरेक कुराको व्यवस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्ने प्रयास गरी रहेको अध्यक्ष सेर शेर्पाले बताए ।
ग्याल्बो लोसार कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, ब्यापारी, बिद्यार्थी लगायतका नेपालीहरूको उपस्थिति रहने आयोजक कमिटिले जनाएको छ ।
कार्यक्रम सौलको वाङसिपनी याक लाइन नं २ ख्याबो सेम्योंग बिल्डिङमा २०१८ फरवरी १६ तारिक साँझ ७ बजे बजे देखि बिहान ५ बजेसम्म हुने आयोजक कमिटिले जनाएको छ ।
वि.सं.२०७४ माघ २० शनिवार ११:२६ मा प्रकाशित