back
CTIZAN AD

एक नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास

वि.सं.२०७४ माघ २५ बिहीवार

717 

shares

२५ माघ, महेन्द्रनगर, धनुषा  ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् ।
हजाराको शरीरको लगभग सबैजसो भाग जलेको छ । आगजनीले गम्भीर घाइते हजराको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको पीडितका परिवारजनले बताएका छन् ।

हजरा क्षीरेश्वरनाथ नगरपालिका–८ हार्सरका स्थानीयवासी अखिलेश कवारीका छोरा २४ वर्षीय रसिद राइनकी पत्नी हुन् । आगोले जलेको घटना गत शनिबार बिहान ९ बजेको हो । घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटी गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारका लागि पठाएको जानकारी प्रहरी निरीक्षक नरेश सिंहले  जानकारी

गराए। प्रनि सिंहले घटनास्थलबाटै प्रहरीले हजराका पति रसिदलाई पक्राउ गरेको छ ।
माइती पक्षले छोरी हजराको सम्बन्धविच्छेद गर्न नमान्दा घरपरिवारका सबै सदस्य मिली मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
हजराकी आमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका पति रसिद, ससुरा ५५ वर्षीय अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । तर प्रहरीले हालसम्म हजराकी पति रसिदबाहेक कसैलाई पक्राउ गरेको छैन । इप्रका महेन्द्रनगरका अनुसार छिमेकले हजरा आफैँले आगो लगाई आत्महत्याको प्रयास गरेकाले उनका पतिलाई मात्र हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७४ माघ २५ बिहीवार ११:५१ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...