back
CTIZAN AD

कवि महिमा

वि.सं.२०७४ माघ २८ आइतवार

822 

shares

पियो मीठो प्याला कविहृदयले यो प्रकृतिको ।
बनी प्रज्ञा प्रेमी मुदितमनले दिव्य रस त्यो।।
जहाँ पढ्छन् सुन्छन् प्रखर कविका काव्यरचना ।
त्यहाँ फुल्छन् फल्छन् सुकविपद पद्माक्षगरिमा ।। १ ।।

कला दौडी दौडी जब दिल छुनेछन् मनुजका ।
जगत्को आत्मामा प्रणयनसुधा बन्छ कविता ।।
सुधी ज्ञानी नामी कविवर गणाध्यक्ष सुर हो ।
कला प्रेमी प्रज्ञा कविमन सदा प्रेय पुर हो ।।२ ।।

बनून् प्रार्थी पूज्या कवि मनुजका श्रेष्ठ गहना ।
छरी मिठो बास्ना कविकुल गरून् काव्यरचना ।।
सबै नातागोता प्रमुदित बनून् एकमतमा ।
सदा बाआमाको प्रियसुत भई आत्मगहमा ।। ३ ।।

बने दानी हामी हृदयनभमा बस्छ सविता ।
बगून् हाम्रा राम्रा मगजमनमा सौम्य सरिता ।।
भवानी जस्तै हुन् विमलदिलका हृद्यवनिता ।
सधैं सम्झी लेखूँ कुशलकमला काम्यकविता ।। ४ ।।

छन्द शिखरिणी

वि.सं.२०७४ माघ २८ आइतवार ०५:११ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...