back
CTIZAN AD

नक्कली नोटसहित दुई युवक पक्राउ

वि.सं.२०७४ माघ २९ सोमवार

825 

shares

२९ माघ, लहान । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चोकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५ प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तालाबन्दीका कारण कलेजको पठनपाठन प्रभावित

यसैगरी, विद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्ययनरत करिब ४०० विद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित भएका छन् ।

कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले आइतबार आगजनीसमेत गरेका थिए । आक्रोशित विद्यार्थीले कलेजको डेक्स र बेन्चबाहिर ल्याएर आगजनी गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो ।

वि.सं.२०७४ माघ २९ सोमवार ०३:१२ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...