back
CTIZAN AD

दक्षिण कोरियामा १३ सदस्य नेफेसो क्षेत्रिय कमिटी गठन

वि.सं.२०७४ माघ २९ सोमवार

891 

shares

सेर साङबो, सौल कोरिया । नेपाली संघिय समाज दक्षिण कोरियाले नयाँ क्षेत्रिय कमिटी गठन गरेको छ । नेफेसो कोरियाका केन्द्रिय अध्यक्ष महेन्द्र राईको प्रमुख आथित्यमा जनवरी २८ मा बसेको बैठकले मिलन लिम्बूको अध्यक्षयतामा १३ सदस्य कार्यसमितिसहितको नेफेसो क्षेत्रिय कमिटी गठन गरेको हो । त्यस्तै नेफेसोले शेखर राई र सुरेश सिँ सम्बाहाम्फेलाई सल्लाहकारमा चयन गर्ने निर्णय समेत गरेको छ । अन्य रिक्त पदमा केही सदस्य मनोनयन गर्ने तयारी रहेको बताएको छ ।
नेफेसो कोरियाले नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा देखिएका चुनौती र पहिचानवादीका मागलाई संविधानमा कसरी समट्ने भन्ने विषयमा आगामी फेब्रवरी १६ मा अन्तक्रिया तथा वृहत छलफलको तयारी समेत गरेको अध्यक्ष राईले जानकारी दिए । साथै उक्त छलफलमा प्रवासमा रहेका नेपालीको भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।
उक्त छलफलमा भाग लिन नेपालबाट सङ्घीय समाजवादी फोरमका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने कार्यक्रम रहेको छ । उक्त छलफलका लागि हल समेत बुकिङ गरिसकेको आयोजकले जनाएको छ ।
को–को छन नेफेसो कोरियाको क्षेत्रिय कमिटी कार्य समितिमा ?
अध्यक्ष मिलन लिम्बू, वरिष्ठ उपाध्यक्ष श्याम महतो, सचिब चन्द्र कुमार सम्बाहाम्फे, कोषाध्यक्ष रन तामाङ, राज तुम्बाहाम्फे, राई बानु, नेत्र सम्बाहाम्फे, चन्द्र सम्बाहाम्फे (अल्बर्ट), आनन्द याख्खा, ध्यान बहादुर राई, मीन मगर रहेका छन् ।

वि.सं.२०७४ माघ २९ सोमवार ०८:२७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...