back
CTIZAN AD

सवारी दुर्घटनामा चितवनका वडाध्यक्ष बस्नेतको मृत्यु

वि.सं.२०७४ फागुन ७ सोमवार

768 

shares

७ फागुन, चितवन । पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो ।

घटनामा गम्भीर घाइते भएका बस्नेतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेद्वयको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुई गाडी एकापसमा ठोक्किएपछि सोही सडकमा गुडिरहेको बा ४ ख १७४८ नंको टिपर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ठोक्किएर खैरेनी नगरपालिका–१ का ४५ वर्षीय साइकलयात्री रामबहादुर दराई घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०२:३० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...