१३ फागुन, काठमाडौँ । स्पेनिश घरेलु लिग लालिगामा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले ३०० गोल पुरा गरेका छन् ।
हिजो राति रियलको घरेलु मैदाान सान्टिएगो बर्नेबाउमा भएको खेलमा आल्भेज विरुद्ध २ गोल गर्दै रोनाल्डोले लालिगामा ३०० गोलको कोशेढुंगा पुरा गरेका हुन् । रोनाल्डो लालिगामा ३०० गोल गर्ने दोस्रो खेलाडी हुन् ।
यस अघि वार्सिलोनाका लिओनल मेस्स्सीले ३०० गोल पुरा गरेका थिए । मेस्सी सन् २००४ देखि लालिगामा खेल्दै आएका छन् । मेस्सीले ३३५ खेलमा ३०० गोल पुरा गरेका थिए । हालसम्म मेस्सीले लालिगामा ३७१ गोल गरेका छन् ।
रोनाल्डोले भने २८५ खेलमा ३०० गोलको कोशेढुंगा पार गरेका हुन् । सन् २००९ मा ईङलिश क्लब म्यान्चेष्टर बाट रियलमा आएका रोनाल्डोले सन् २००९ को अगष्टमा लालिगामा डेब्यु गरेका थिए ।
जब रोनाल्डोले बेन्जेमाको गुन तिरे
वि.सं.२०७४ फागुन १३ आइतवार ०४:३९ मा प्रकाशित

























