back
CTIZAN AD

कृपया ! ममाथि गोलि नबर्साउनुहोस

वि.सं.२०७४ फागुन १५ मंगलवार

1K 

shares

मानवता हराएको सहरमा
रगतको नदीमा बगेली खेल्दै
बाँच्ने झिनो आसमा
मृत्युसँग पौंठेजोरी खेल्दै छु ।
मेरो हरियो वातावरण अनि
त्यो निलो आकाशमा दुश्मनको
गोलिले खण्डहर बनेको मेरो सहरमा
अस्त्रहहरु बर्सिदा तर्सिएका मेरा आँखाहरुले
सुरक्षित स्थान खोज्दै गर्दा
गोलि लागेर ढलेका मेरा बाबा
मृत्युलाई कुदै छटपटाएकी मेरी आमाको बिलौना
कैयौँ दिनको भोकमा छटपटाईरहेकी
त्यो अवोध सानी बैनीको चिच्चाहटमा
आफुलाई नियन्त्रण गर्न नसकी चिच्याउदैँ छु ।

हे अल्लाह !  किन हामीलाई यसरी तड्पाउँदै छस्
रसायनमय वायुमण्डलमा बाटो बिराईरहेको बेला
उताबाट दुश्मनहरुले लखेट्दै गर्दा
म आश्रय खोज्न बाल्यकालमा लुकामारी खेल्ने
त्यो हरियो खेततिर दौडिन्छु

अफसोच हाम्रा ती हरिया खेतहरु
दुश्मनले खेलेको बैमौसमी होलीको रातो
रंगले पोतिएको रहेछन्।
मेरो अगाडि बाध्यताको होलीमा
आफ्नो शरिरबाट रगत बर्साइरहेका
मेरा छिमेकीको शरिर ढलिरहेको छ
कहिले काही हुरी आउदाँ मलाई
सहारा दिने त्यो बुढो रुख
सर्वत्र पिडाँबाट छटपटिदै
मेरो आत्मको रक्षा गर्न मलाई
त्यसको पछाडि लुकाउँछ

मलाई पिछा गर्दै आएको दुश्मन
मेरो टाउकोमा गोली ताक्छ

प्रिय दुश्मन बन्धु
हामीलाई मार्न किन तम्सनुहुन्छ ?
ती बन्दुकहरु, बमहरु रसायनहरु हामीमाथि
किन बर्साउनुहुन्छ ?
तपाईले हामी अबोध आत्माको बध गर्दा
आखिर के पाउनु हुन्छ ?
रगतको आँशु रोइरहेको मेरो सहरमा
किन अझै हवाई बमको वर्षा गराउनु हुन्छ ?

तपाईंले खोजको बन्दुके लोकतन्त्रमा
सिंगो देशको अस्तित्व सकिने
यस्तो घृणित कार्य किन गर्नुु हुन्छ ?
म तपाईंको भयानक दुर्भाग्यमा सहानुभूति गर्दछु
आफ्नो रगत खसाएर विदेशी शक्तिलाई
खेल्न दिदै गर्दा
निर्दोष आत्माको श्राप सहन सक्नुहुन्छ ?

मुर्खहरुको उन्माद र स्वार्थको लागि
मानव बधको शृंखला किन चलाउनुहुन्छ  ?
विनाशकारी ऊर्जाको सहायतामा
संवेधनहीनताका परेडहरु
हामीमाथि खेल्दै गर्दा
हजुरले देखेको स्वतन्त्रताको पाठको
सम्बन्धलाई यो भयानक बधसँग कसरी दाज्न सक्नुहुन्छ ?

दुश्मनबन्धु  विदेशी राजनीतिको परिणाममा
मानव संहारको शृंखलामा
मानवताको चिरहरण गर्दै गर्दा
मानव पहिचानको ईतिहास मेट्ने
विदेशीको ईशारालाई ईन्कार गर्नुहोस
अनि पहिलेको जस्तो हरियो वातावरणमा
सिरियाको यस सुन्दर सहरमा
फेरि पनि एक मुठी सास फेर्न
मन छ मलाई
कृपया !  म माथि गोली नर्बसाउनुहोस

वि.सं.२०७४ फागुन १५ मंगलवार ०६:३१ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...