back
CTIZAN AD

सम्झना तरेली

वि.सं.२०७४ फागुन १७ बिहीवार

1K 

shares


कलो र काट्टो घिचेर खुट्टा काटेर लडाए
नेपाली भाषा हलन्त पारे मृत झैं बनाए
सातजना थिए शकुनीहरु सयौं ती भरौटे
भुस्याहा कुकुर गर्दछन् रक्षा सिताका अरौटे ।१।

चौरासी व्यंजन खुवाऊ टन्न खानका काललाई
मरेका ज्युँदै शैतानहरु भार हुन् यो धरालाई
जोगाउनै परे डोकाले तोर खास्टो नि ओढाउ
शकुनीलाई लौ सिद्धाई देलान राम्ररी जोगाउ ।२।

के काम गर्छ प्रज्ञाले आज सुतेर बस्दैछ
पराइले भाषा सद्भावमा प्रहर गरेर डस्दैछ
पाप्राले पुरै प्रतिस्थान ढाक्यो चिन्ता छ आफ्नाको
काठमाडौँ बस्ने शेरलाई चिन्ता छ चासो जाफ्नाको  ।३।

विविले आज बेच्दैछन् तक्मा विद्याका उपाधि
पैसाको बिटो लिएर मोटो जोड्दैछन् सुखशान्ति
कपि र पेष्टका शोधपत्र मिल्छन् सडक पेटीमा
यै मौका होला अलकत्रा सिमेन्ट खानका निम्तिमा  ।४।

इयूको कलो छ छेलोखेलो चोरीको धन्दामा
मलद्वार जस्ता शासकको मोज निर्धा छन् फन्दामा
सुको काम कैल्है हुँदैन यहाँ मुलुकको हितमा
भत्काउन उद्धत भाँड ती प्राडा काट्टो छ चित्तमा । ५।

आमाको शरीर चिरेर किन साटिन्छ कलोमा
कपूत छोरा जन्मेछन् किन मूल परी थलोमा
भाषा र सद्भाव सम्पत्ति हाम्रा पोलेर खरानी
जल्लादहरु रमाउदै नाच्छन् चौतर्फ हैरानी  ।६।

घुम्दैछन् कैंयौ ती ज्युंदा लास मान्छेका आकृति
जल्लादहरु अट्टहास गर्दै फैलाउँछन् बिकृति
जाति र भाषा सद्भावमा खलल पुर्याउने छ वृत्ति
सङ्घीयताको हरीनाम जप्दै लम्पसार प्रवृत्ति  ।७।

प्राध्यापक प्राज्ञ बनेर किन सितामा बिक्दछन्
त्यै कलो खान बखेडा अनेक बहाना झिक्दछन्
खान मन लागे खुरुक्क खानु किन यो नाटक
भाट र चारण भएछौ भैगो के बन्छौ घातक ।८।

पदमा पुगे हैसियत भुल्छ बिर्सिन्छ गन्तव्य
ज्ञापन पढ्छ गोजीमा राखि तयार थ्यो मन्तव्य
आमा नि भुल्ने बाबा नि भुल्ने भुल्दछ संसार
कालो र काट्टो धन र पैसो सोहोर्ने हतार  ।९।

तस्करी मानव गरेर भन्यौ रोजगारी दियौ है
बालुवा पेल्छन् हा१ नेपालीहरु संसार भरी नै
तुरुक्क आँसु चुहिन्छन् दुस्ख भिजेका परेली
यी आमा नेपाल मुटुमा बास सम्झना तरेली  ।१०।

इति

पाप्रा = पार्टीका प्राज्ञ
भाट = बैभव पाउन लोभमा स्तुती गर्ने मान्छे, द्रव्यपिशाच
चारण = अझै घटिया भाट
विवि = विश्वविद्यालय
इयू = युरोपियन युनियन
सिता = भातको सिता

 

वि.सं.२०७४ फागुन १७ बिहीवार ०५:५८ मा प्रकाशित

पराजुलीको ‘बखान’ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

पराजुलीको ‘बखान’ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

स्याङ्जा । युवा लेखक, पत्रकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासमाथि स्याङ्जाको...

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया सम्पन्न

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ...

कविता : बुद्ध विश्वास हो सच्चा

कविता : बुद्ध विश्वास हो सच्चा

कलानीधि दाहाल, रातोपुल, काठमाडौँ बुद्ध विश्वास हो सच्चा भित्रसम्म पुगी...

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...