back
CTIZAN AD

प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस

वि.सं.२०७४ फागुन २० आइतवार

672 

shares

प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

२० फागुन, पोखरा । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्नाका साथै मुख्यमन्त्री, मन्त्री एवं सचिवका अध्यक्षमा बस्ने बैठकमा बोलाइने विज्ञका सेवा सुविधालगायत निर्णय भएको जानकारी दिए ।

हाललाई सूचना प्रविधि विज्ञ, कानून विज्ञ, सार्वजनिक खर्च व्यवस्थापन विज्ञ, सार्वजनिक सुशासन विज्ञ र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन केन्द्र सरकारसँग अनुरोध गरिएको छ ।

मन्त्रिपरिषद्ले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारीलाई दिने सुविधासम्बन्धी कानून विधेयक, २०७४, प्रदेशसभाका सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ र मन्त्रिपरिषद्का सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ लाई सैद्धान्तिक स्वीकृत गरेको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका आर्थिक कार्यविधि विधेयक, २०७४ र सार्वजनिक खरिद विधेयक, २०७४ दुईवटा कानून बनाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

मन्त्रिपरिषद् बैठकले मध्य पहाडी लोकमार्गको केही खण्डमा भएको विवाद बुझी त्यसको समाधानका लागि रामशरण बस्नेतको संयोजकत्वमा लेखबहादुर थापा सम्मलित कार्यदल गठन गरेको छ भने गोरखाको भीमसेन र थार्चे गाउँपालिकाको केन्द्रमा भएको विवाद समाधानका लागि कानून मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा रामशरण बस्नेत रहने गरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।

वि.सं.२०७४ फागुन २० आइतवार ०९:५० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...