back
CTIZAN AD

घरबाट युएई पुगेको १५ दिनमै आत्महत्या गरे राईले

वि.सं.२०७४ फागुन २० आइतवार

597 

shares

युएइमा एक नेपालीले आत्महत्या गरेका छन् ।  घर विदामा नेपाल आएर युएई फर्केको १५ दिनमै झापाको दमक ४ का जित राईले शनिबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
आबुधाविमा रहेको सेक्युरेटी गार्ड मिडिल इस्ट कम्पनीमार्फत एडनीक कार्यालयमा ४ वर्षदेखि कार्यरत रहेका राईले शनिबार (मार्च ३ का दिन) झुण्डिएर आत्महत्या गरेका हुन् ।
दुई दिनदेखि कम्पनीबाट बिदा लिएर बसेका उनी शनिबार साँझ क्याम्पमै साथीभाइसँग मिलेर रक्सी खाए पनि उनी कसैसँग खुलेर नबोलेको बताइएको छ । राईको शब प्रहरीले लगेको र अनुसन्धान चलिरहेको कम्पनीले जनाएको छ ।
राईको परिवारमा आमा, श्रीमती ९ वर्षीया छोरी र ७ वर्षीय छोरा रहेका छन् ।
राईको शब पासो लगाएर झुण्डिएको अवस्थामा सहकर्मीले भेटाएका थिए ।
सोहि कम्पनीमा वितेको ४ महिनामा तीन नेपाली र एक श्रीलंकनन नागरिकको ज्यान गएको छ ।

वि.सं.२०७४ फागुन २० आइतवार ०९:४१ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...